खोकीको कारण फ्लू हुनसक्छ

ssapana44@gmail.com' jamuna aryal
३ माघ २०७५, बिहीबार १६:४८

लामो समयसम्म खोकी लागेमा, खोकी लगातार लागेमा तथा औषधीले पनि खोकी लाग्न कम नभएमा भने तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ । किनकी हेर्दा सामान्य लाग्ने यस्ता समस्या कतिबेला गम्भीर बन्ने गर्छ, कसैलाई थाहा हुँदैन ।

खोकीको कारण फ्लू पनि हुनसक्छ 

चिसोका कारण खोकी लागेमा त्यस्ता खोकी धेरै दिनसम्म रहनसक्छ । चिसोका कारण देखिने  रुघाखोकी दुई प्रकारका हुन्छन् , सुख्खा र कफ भएको । यस्ता खोकी कफ सहितको भएमा वा गाढा खकार सहितको भएमा खासै डराउनु पर्दैन । किनकी फ्लूको समस्या भएमा पनि यस्ता समस्या देखिने गर्छ ।

फ्लूका कारण यो समस्या देखिएमा प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन गर्नुका साथै आराम गर्नु पर्दछ । जसले गर्दा यो  साता भित्रमै निको हुने गर्छ ।

के गर्ने ?

फ्लुका कारण रुघाखोकी लागेमा डराउनु पर्दैन । एन्टीबायोटिक्सको पनि सेवन गर्नु पर्दैन । औषधी पसलमा पाइने सामान्य रुघाखोकीको औषधीले पनि यो समस्या कम गर्न सकिन्छ । त्यस्तै, प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन गरेर तथा आराम गरेर पनि यो समस्या कम गर्न सकिन्छ । त्यस्तै, पानीको बाफ लिएर तथा तातो पानी पिएर पनि यो समस्यालाई कम गर्न सकिन्छ । रातमा खोकीका कारण सुत्नमा समस्या भएमा टाउकाको मुनी अतिरिक्त तकिया राखेर सुतेका गहिरो निद्रा पर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१