महिला क्रिकेट–सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

ssapana44@gmail.com' jamuna aryal
३ माघ २०७५, बिहीबार १३:५७

काठमाडौँ- थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ । 

बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यता इण्डोनेसिया भने समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । 

नेपालले पहिलो खेलमा चीन, दोस्रो खेलमा मलेसिया, तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) र चौथो तथा समूह चरणको अन्तिम खेलमा थाइल्याण्डको ‘ए’ टोलीलाई पराजित गरेको थियो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१