दुईतिहाइलाई बुटवलबाट कांग्रेसको चुनौती

ssapana44@gmail.com' jamuna aryal
३ माघ २०७५, बिहीबार १३:४६

बुटवल  नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई प्रदेशको स्थायी राजधानी बनाउन माग गर्दै बिहीवार प्रदर्शन गरिरहेको छ ।

दिउँसो राजमार्ग चौराहबाट शुरू भएको जुलुस बजार परिक्रमा गर्दै ट्राफिक चोकमा पुगेर सभामा परिणत हुनेछ । कांग्रेसले कार्यक्रमलाई जनप्रर्दशन तथा खबरदारीसभा भनेको छ ।

जुलुस र सभामा भएको सहभागिता देखेर कांग्रेसका स्थानीय नेता उत्साहित भएका छन् । प्रदेश पार्टीको आधिकारिक निर्णय विना नै कांग्रेस रूपन्देहीले बुटवललाई राजधानी घोषणा गर्न माग राख्दै खबरदारीसभा गरिरहेको छ ।

कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकका अनुसार खबरदारी सभामा कांग्रेस नेता तथा पूर्वमन्त्री बालकृष्ण खाँण, केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, पुष्पा भुषाल, देवेन्द्रराज कँडेल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१