ओखलढुंगा कारागार जीर्ण अवस्थामा

ssapana44@gmail.com' jamuna aryal
३ माघ २०७५, बिहीबार १२:४६

ओखलढुंगा– ओखलढुंगाको जिल्ला कारागार हेर्दा भत्किएको भग्नावशेष जस्तो लाग्छ । कारागार ०७२ सालको भुकम्पमा जीर्ण बन्यो । महिला र पुरुष वार्ड छुट्याउने  पर्खाल भत्किएपछि सेना र प्रहरीले रातारात कच्ची पर्खाल बनाए । 

यस्तो जीर्ण संरचना भएको कारगारमा ६२ कैदीबन्दी बस्छन् । सुरक्षाकर्मी बस्ने बुर्जा ठूलो हावा चल्दा उडाउने अवस्थामा छ । मक्किएका बाँसका टेकाको भरमा पानी चुहिने जस्ताले बेरिएको छ । यो कारागारको जम्मा क्षमता महिला र पुरुष गरी २५ जनाको हो । तर, अहिले ६२ जना राखिएको छ । २५ जनाको क्षमताको कारागारको आधा भागमा ९ जना महिला छन् । आधा भागमा ५३ जना पुरुष तह–तहमा ओछ्यान बनाएर बस्ने गर्छन् ।

‘बस्न साह्रै कठिन छ, खानेपानी र शौचालयको पनि उस्तै समस्या हुन्छ, शौचालय जान पालो बस्नुपर्छ’ कारागारका नाइके नवराज भने । उनले भने ‘हिउँदमा आकाश देखिन्छ, बर्खामा पानी चुहिन्छ, बस्नै कठिन छ ।’

यस्तो जीर्ण कारागारका सुरक्षा पोष्टसमेत उस्तै जीर्ण छन् । २४ सै घण्टा प्रहरी बसेर सुरक्षा दिने बुर्जा बाँसका मक्किएका टेकोका भरमा छन् । ‘ड्यूटीमा बस्दा राति नै हावाहुरीले उडाउला भन्ने त्रास हुन्छ’ एक सुरक्षाकर्मीले भने । कारागारको जीर्ण अवस्थाबारे सरोकारवाला नियकालाई जानकारी भए पनि चासो नदिएको सुरक्षामा खटिएका सुरक्षाकर्मीको गुनासो छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०