स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीलाई सरकारले खटाउने

ssapana44@gmail.com' jamuna aryal
३ माघ २०७५, बिहीबार १२:४२

काठमाडौँ सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीलाई आफैंले खटाउने भएको छ । 

समायोजनका लागि अनलाइन फाराम नभरेका कर्मचारीलाई सरकारले आवश्यकताका आधारमा समायोजन गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुले जानकारी दिए । 

मन्त्रालयले यही पुस ११ गते सूचना प्रकाशित गरेर तीनै तहमा समायोजनमा जानका लागि आह्वान गरेको थियो । उनका अनुसार अहिलेसम्म करीब ७० हजार ५६० जनाले समायोजन रोजिसकेका छन् । तीमध्ये ४५ हजार ६८० सङ्घ, ७५ हजार ६६६ प्रदेश र तीन लाख ३७ हजार ४८५ ले स्थानीय तहमा समायोजन रोजेका छन् । 

पनेरुका अनुसार समायोजनका लागि ७८ हजार १५३ जनाले फाराम भरेका छन् र सात हजार ५९२ जनाले फाराम भरे पनि कुन तहमा जाने भनेर रोज्न बाँकी रहेको छ । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१