पर्वत बस दुर्घटना: ५ जनाको मृत्यु, ३६ जना घाइते

ssapana44@gmail.com' jamuna aryal
३ माघ २०७५, बिहीबार १२:३९

पर्वत – पर्वतको मालढुंगा नजिक यात्रुबाहक बस पल्टिँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।  

तीनजनाको घटनास्थलमा नै ज्यान गएको थियो भने थप दुईजनाको बाग्लुङ अञ्चल अस्पतालतर्फ लैजाँदै गर्दा ज्यान गएको हो । दुर्घटनामा अन्य ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुल्न बाँकी छ । म्याग्दीको बेनीबाट पर्वतका लागि छुटेको १ ख ६१०८ नम्बरको बस दुर्घटनामा परेको हो ।  

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०