अस्ट्रेलियन एजुकेशन फेयर VIEC Nepal ले काठमाडौंको होटल मल्लमा गर्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ माघ २०७५, बुधबार १३:०६

काठमाडौं । अस्ट्रेलियाको बिभिन्न युनिभर्सिटीमा बिगत ३ बर्ष देखि विद्यार्थीहरु पठाउदै आएको VIEC Nepal ले  यही आउँदो जनवरी १८ तारिक अर्थात् माघ ४ गते काठमाडौंको होटल मल्लमा  अस्ट्रेलियन एजुकेशन फेयर २०१८  आयोजना गर्ने  भएको छ।

अस्ट्रेलियामा उच्च अध्यनका लागि जान  चाहने विद्यार्थीलाई ध्यानमा राखेर भाइस नेपालले   होटल मल्लमा एक  दिने शैक्षिक मेलाको आयोजना गर्न लागेको VIEC Nepal का प्रबन्धक निर्देशक  जयराम पौडेलले बताए। ‘यतिखेर अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि उच्च अध्यनको आकर्षणको केन्द्र बनिरहेको बेला हाम्रो संस्थाले आधिकारीक रुपमा विद्यार्थीको हितमा रहेर शैक्षिक मेलाको आयोजना गर्न लागेको हौ’, अस्ट्रेलियामा नेपाली विद्यार्थीको सम्भावना र यसको यात्रा मात्र हैन स्कलरसिप ,पढाइको स्तर, लाग्ने खर्च अनि आइपर्ने कठिनाइका विषयमा पनि मेलामा  छलफल गर्ने पौडेलले स्पष्ट पारे।

पौडेलले अगाडि भने, ‘हामीले नेपालमा मात्र होइन अस्ट्रेलिया गएपछि पनि उनीहरूको पठन पाठनसँगै अन्य विषयमा पनि सेवा दिने विषयमा समेत छलफल चलाउने छौं। अस्ट्रेलियामा रहेका एक दर्जन युनिभर्सिटीहरु VIEC Nepal को फेयरमा सहभागिता जनाउने जानकारी गराए ।

“फेयरमा अष्ट्रेलियाबाट आएका Universities Representative ले परामर्श प्रदान गर्नेछन्,” उनले भने, “उच्च शिक्षा अध्ययनका लागि अष्टेलिया जान चाहने विद्यार्थीका लागि फेयर निकै उपयोगी हुने विश्वास लिएका छौँ ।” अष्टेलियाको उच्च शिक्षासम्बन्धी सम्पूर्ण जानकारी फेयरबाट विद्यार्थीलाई प्रदान गरिने VIEC  Nepal का निर्देशक जयराम पौडेलले  बताए ।

सम्पूर्ण जानकारीको लागि यहाँ हेर्नुस :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१