चीनले चन्द्रमामा पहिलो पटक उमार्‍यो बीउ

ssapana44@gmail.com' jamuna aryal
२ माघ २०७५, बुधबार ०९:१६

एजेन्सी – पहिलो पटक चन्द्रमामा बिरुवाको अंकुर पलाएको छ । चीनले चन्द्रमामा पठाएको चाङ’इ–४ यानमा कपासको बीउको टुसा पलाएको हो । मंगलबार .चिनियाँ वैज्ञानिकहरुले आफूहरुलाई ऐतिहासिक सफलता प्राप्त भएको सञ्चार माध्यमलाई जानकारी गराएका छन् । 

चन्द्रमामा जैविक पदार्थ उम्रिएको यो पहिलो पटक हो । यसलाई वैज्ञानिकहरुले अन्तरिक्षबारे लामो अनुसन्धानपछिको ऐतिहासिक सफलताको संज्ञा दिएका छन् । 

कपासको बीउ उम्रिएको बारे जानकारी दिँदै चिनियाँ वैज्ञानिक शाई गेङशिन भन्छन्, ‘चिनियाँ रोभर चाङ’ई–४ यही महिना मात्रै चन्द्रमामा अवतरण भएको थियो । हामीले हावा, पानी र माटो राखिएको एउटा १८ सेन्टिमिटरको डिब्बा पठाएका थियौँ । जसमा कपास, आलु र तोरीको बीउ राखिएको थियो ।’

गेङशिनका अनुसार यानले पठाएको तस्बिरमा कपासको अंकुर राम्रोसँग पलाइरहेको छ । कपासबाहेक भने अन्य बिरुवाका् बीउ भने अंकुरित नभएको उनले बताए । View image on Twitter

View image on Twitter

People’s Daily, China@PDChina

First in human history: A cotton seed brought to the moon by China’s Chang’e 4 probe has sprouted, the latest test photo has shown, marking the completion of humankind’s first biological experiment on the moon1,71507:34 – 15 Jan 2019951 people are talking about thisTwitter Ads information and privacy

चीनले गएको महिना मात्रै चन्द्रमाको सतह अध्ययन गर्ने उद्धेश्यले चाङ’ई–४ ल्याण्ड रोभर प्रक्षेपण गरेको थियो । यो यान यही जनवरी ३ मा चन्द्रमामा सफलतापूर्वक अवतरण भएको थियो । बाँकी देशको तुलनामा चीनको यो अभियान एकदमै अलग छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१