अभिनेत्री प्रिया प्रकाश वारियर श्रीदेवीको भुमिकामा बलिउड डेब्यू गर्दै

ssapana44@gmail.com' jamuna aryal
२ माघ २०७५, बुधबार ०९:०३

एकाएक चर्चा बटुलेकी मलयालम फिल्मकी अभिनेत्री प्रिया प्रकाश वारियर अब बलिउड डेब्यू गरिरहेकी छिन् ।

हालै उनी अभिनित फिल्म ‘श्रीदेवी बंगलो’ को टिजर सार्वजनिक भएको छ । टिजर सार्वजनिक भएसँगै यस फिल्मको चर्को विवाद भइरहेको छ । अभिनेत्री श्रीदेवीका श्रीमान तथा फिल्म निर्माता बोनी कपूरले यस फिल्मका निर्देशक, निर्माता तथा अभिनेत्रीलाई लिगल नोटिस पठाएका छन् । यस कुराको जानकारी फिल्म ‘श्रीदेवी बंगलो’ निर्देशक प्रशान्त मम्बुलीले दिएका छन् ।  

यस फिल्मका निर्देशकले अभिनेत्री श्रीदेवीको नाम तथा श्रीदेवीको मृत्युको दृश्यको छायाकंनको लागि बोनी कपूरसँग अनुमति नलिइएको आरोप लगाइएको छ । तर निर्देशकले भने यस आरोपलाई अस्वीकार गर्दै श्रीदेवी नाम साझा नाम रहेको र फिल्मको कथा अभिनेत्रीको जीवनमा आधारित भए पनि अभिनेत्री श्रीदेवीको जीवनसँग कुनै सम्बन्ध नरहेको बताएका छन् ।

साथै बोनी कपूरले कानुनको सहायता लिँदै नोटिस पठाए पनि आफू पनि यसविरुद्ध लड्ने बताएका छन् । 

अभिनेत्री प्रिया प्रकाश वारियरले भने यस विषयमा कुनै पनि किसिमको प्रतिक्रिया दिन अस्वीकार गरिरहेकी छिन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१