नायक आर्यन सिग्देललाई दर्शकले अब नयाँ अवतारमा देख्न पाउने

ssapana44@gmail.com' jamuna aryal
१ माघ २०७५, मंगलवार १४:४६

प्राय ‘लभर ब्वाइ’को भूमिकामा देखिने नायक आर्यन सिग्देललाई दर्शकले अब नयाँ अवतारमा देख्न पाउने भएका छन् । आर्यनले एक कमेडी चलचित्रमा काम गर्दैछन् । साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको नयाँ कमेडी चलचित्रमा आर्यन मुख्य भूमिकाको लागि पक्का भएका छन् ।

निर्देशक भुटियाले आफ्नो स्कृप्टले नै आर्यन मागेकाले आर्यनलाई चलचित्रमा लिएको बताए । उनले भने- ‘मेरो स्कृप्टले नै आर्यनलाई खोज्यो । मलाई विश्वास छ आर्यनले कमेडीमा पनि राम्रो काम गर्न सक्छन् ।’

चलचित्रको कुरा गर्दा आर्यन निकै उत्साहित भएको साम्तेन बताउँछन् । ‘मैले आर्यनलाई चलचित्रको कुरा गर्दा उ निकै उत्साहित भएको थियो’, भुटियाले भने, ‘उ पनि केही नयाँ गरौ भन्ने सोचमा थियो । मैले पनि आर्यनको भित्रि प्रतिभा बुझेर नै यस चलचित्रमा उसलाई अफर गरेको थिएँ ।’

फागुन १ गतेबाट छायांकनमा जाने तयारीमा रहेको यस चलचित्रका लागि भोलाराज सापकोटा पनि फाइनल भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१