५९ हजार ७ सय ९८ जना कर्मचारीहरुले समायोजन रोजे

ssapana44@gmail.com' jamuna aryal
१ माघ २०७५, मंगलवार १४:३१

काठमाडौं । ५९ हजार ७ सय ९८ जना कर्मचारीहरुले समायोजन रोजेका छन् । यसमा निजामती कर्मचारीको संख्या मात्र ५८ हजार छ ।

समायोजन फारम भर्ने अन्तिम दिन बुधबार नै हो । त्यसको एक हप्तापछि माथिल्लो तहका कर्मचारीबाट समायोजन सुरु गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका उपसचिव केशर पण्डितले अनलाइनखबरसँग भने, ‘आज बिहान (माघ १ गते साढे १० बजे) सम्म ५९ हजार ७ सय ९८ कर्मचारीहरुले फारम सबमिट गरेका छन् र थप १४ हजार जना सिस्टममा इङ्गेज देखिन्छन् । यो सबै हेर्दा ७३ हजार ४१ कर्मचारी समायोजनमा आएका छन् ।’ सिस्टममा इङ्गेज भएकाहरुले लगइन गरेर आफ्नो विवरण भरिरहेको हुनसक्ने मन्त्रालयको अनुमान छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१