दोरम्बा गाउँपालिका–६ बालमैत्री कार्यक्रम सञ्चालन

ssapana44@gmail.com' jamuna aryal
१ माघ २०७५, मंगलवार १४:०४

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–६ बालमैत्री कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालको संविधान २०७४ ले ब्यवस्था गरेको मौलिक हक अन्तर्गत वडा कार्यालयले बालमैत्री कार्यक्रम सञ्चालन गरेको हो ।
बालमैत्री बडा बन्नको लागि संविधानले ब्यवस्था गरेको ३९ वटा सूचांक पूरा गर्नुपर्दछ । बालमैत्री बडा बन्नको लागि हरेक गतिविधिहरुमा बालबालिकाको सहभागिता अनिवार्य हुनुपर्दछ ।
बालमैत्री वडा बनाउने उद्देश्यले वडामा बालमैत्री कार्यक्रम सञ्चालन गरिएको दोरम्बा गाउँपालिका–६ का अध्यक्ष अम्विकाप्रसाद गजुरेलले जानकारी दिए । सोमबारबाट सुरु भएको वडा स्तरीय बालमैत्री कार्यक्रम मंगलबारसम्म सञ्चालन हुनेछ ।
बालमैत्री कार्यक्रममा, वडा कार्यालय, विद्यालय ब्यवस्थापन समिति, सहकारी संस्थाको प्रतिनिधि, बाल क्लव, बाल सञ्जाल, महिला समूहलगायतका सरोकारवाला र १८ वर्षमुनीका बालबालिकाहरुको सहभागिता रहेको वडा अध्यक्ष गजुरेलले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१