डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै

ssapana44@gmail.com' jamuna aryal
१ माघ २०७५, मंगलवार १०:४८

काठमाडौं – गत पुस २५ गतेदेखि इलाममा आवरण अनशनरत सत्याग्रही प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । शरीरमा एकदमै बढी समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएका डा केसीलाई सघन उपचार कक्ष आइसियुमा राख्नु पर्ने भए पनि राख्न नसकिएको भन्दै इलाम जिल्ला स्वास्थ्य कार्यालयका असिस्टेन्ट सुपरिटेन्डेन्ट डा वीजेन्द्रकुमार शाहले बताएका छन् । 

मंगलबार बिहान गरिएको स्वास्थ्य परीक्षणमा डा केसीको स्वास्थ्य सोमबारको तुलनामा झन् खराव भएको छ । उनको स्वास्थ्यको एउटा इन्डिकेटर खस्केको डा शाहलाई उधृत गर्दै इलामबाट वरिष्ठ पत्रकार धर्म गौतमले भने । 

डा केसीलाई आइसीयुमै राखेर उपचार गर्नुको विकल्प नभए पनि सरकारले कुनै वास्ता नगर्दा स्वास्थ्य थप बिग्रिएको गौतमले बताए । 

उनको शारीरिक अवस्था एकदमै कमजोर बन्दै गएको, निमोनियोको सङ्क्रमण देखा परेको र मुटुको चालमा समेत समस्या देखिएको भन्दै चिकित्सकले तत्काल आइसियुमा भर्ना गर्न अनुरोध गरेका छन् । 

डा केसीको स्वास्थ्य जाँचमा खटिएका डा शाहले डा केसीको घाँटी र दायाँ फोक्सोमा संक्रमण देखिएको र स्वास्थ्य अवस्था कमजोर बन्दै गएकोले सामान्य अवस्थामा राख्न नमिल्ने बताए । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०