नायिका बर्षा र नायक संजोगको भ्यालेन्टाइन डेमा बिहे हुदैँ

ssapana44@gmail.com' jamuna aryal
३० पुष २०७५, सोमबार १६:५२

काठमाण्डौँ – नेपाली चलचित्र क्षेत्रमा चर्चा बटुल्न सफल प्रेममा रहेको जोडी नायिका बर्षा राउत र नायक संजोग कोइरालाले भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । यो जोडीले केही समयदेखि बिहेको तयारी समेत गरेको थियो ।

नायिका बर्षा राउतले आफूहरुले बिहे गर्न लागेको जानकारी दिएकी छिन् । बलिउडका चर्चित नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणले बिहे गर्न लागेको जानकारी जुन शैलीमा दिएका थिए, सोही शैलीमा बर्षा र संजोगले पनि फ्यानलाई सरप्राइज दिएका छन् ।

नायिका राउतले बिहेको निमन्त्रणा कार्डमा सार्वजनिक गर्दै आर्शिवाद दिनका लागि आग्रह गरेकी छिन् । उनले सार्वजनिक गरेको कार्डमा लेखिएको छ–‘प्रेम यही छ । प्रेम हावामा उडिरहेको छ । प्रेम सेलिव्रेट गर्ने दिनमा नै हामी बिहे गर्दैछौ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१