शृंखला खतिवडा नेपाल फ्रान्सको ‘गुडविल एम्ब्यासडर’ नियुक्त

ssapana44@gmail.com' jamuna aryal
३० पुष २०७५, सोमबार १२:२५

काठमाडौं – मिस नेपाल शृंखला खतिवडा नेपाल र फ्रान्सको सम्बन्ध युवास्तरमा थप कसिलो बनाउन संयुक्त ‘गुडविल एम्ब्यासडर’ (सद्भावना दूत) नियुक्त भएकी छन्। नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा उनलाई दूत नियुक्त गरिएको हो। नेपालका तर्फबाट प्रस्ताव गरिएपछि उनी नियुक्त भएकी हुन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उनको नाम प्रस्ताव गरेका थिए। यद्यपि उनी संयुक्त सद्भावना दूत हुन्। परराष्ट्र सचिव शंकरदास बैरागी र नेपाल भ्रमणमा रहेका फ्रान्सेली विदेश मन्त्रालयका महासचिव मोरिद गुर्दो मोन्तानले मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई ‘गुडविल एम्ब्यासडर’ नियुक्त गरेको पत्र हस्तान्तरण गरेका थिए।

छिमेकी चीनभन्दा पहिले नेपालले फ्रान्सँग कूटनीतिक सम्बन्ध कायम गरेको थियो। सम्बन्ध स्थापनाको सात दशक लामो यात्रा स्मरण गर्दै दुईपक्षीय सम्बन्धको प्रतीकचिह्न (लोगो) सचिव बैरागी, फ्रान्सेली समकक्षी मोन्तान र सद्भावना दूत खतिवडाले संयुक्त रूपमा सार्वजनिक गरे।

नेपाल र फ्रान्सबीच सम्बन्ध स्थापना भएकोमा उच्चस्तरको भ्रमण, सहयोग, सहकार्य लगायतका विषयमा पनि दुईपक्षीय छलफल भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख ५, २०८१