‘ए मेरो हजुर ३’ को छायांकनको लागि अनमोल अमेरिकामाः फोटोफिचर

ssapana44@gmail.com' jamuna aryal
३० पुष २०७५, सोमबार १२:२३

काठमाडौं – निर्देशक झरना थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ को अन्तिम छायांकनको लागि नायक अनमोल केसी अमेरिका आईपुगेका छन् । उनलाई अमेरिकाको डीसी महानगर स्थित डलस विमानस्थलमा ‘ए मेरो हजुर ३’कि नव नायिका सुहाना थापा, अभिनेत्री, निर्मात्री तथा यस चलचित्र कि निर्देशक झरना थापा तथा निर्माता सुनिल कुमार थापाले स्वागत गरेका थिए । 

चलचित्रकी निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र नव नायिका सुहाना थापा केही दिन अगाडि अमेरिका आएका हुन् ।

निर्माता सुनिल कुमार थापाले अमेरिकाको बसाई केवल दुई हप्ता हुने बताउदै यो चलचित्र समय मै प्रदर्शन गर्ने बताए । निर्देशक झरना थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ अहिले निकै चर्चामा छ ।  चलचित्रको प्रेम प्रसँग युक्त (रोमान्टिक) गीतका केही तस्बिरहरु सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१