महिला टी–२० स्म्यास: नेपाल साेमबार तेस्रो खेल खेल्दै

ssapana44@gmail.com' jamuna aryal
३० पुष २०७५, सोमबार ११:५३

थाइल्याण्ड – महिला टी–२० स्म्यास अन्तगर्त नेपालले साेमबार तेस्रो खेल खेल्दैछ । लगातार दुई खेलमा जित निकालेको नेपालले साेमबार यूएईलाई हराएमा सेमिफाइनलको यात्रा पक्का गर्नेछ ।

नेपाल र यूएईबीचको खेल स्थानीय समय अनुसार मध्यान्ह सवा १२ बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा दुई खेलमा जित निकालेको यूएई पनि सेमिफाइनल नजिक पुगिसकेको छ । उसले थाइल्याण्ड ए, र चीनलाई हराएको छ ।

यता नेपालले पहिलो खेलमा चीनलाई १० विकेट र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पाखा लगाउँदै सेमिफाइनलको यात्रा बलियो बनाएको हाे । प्रतियोगिताको उपाधि दावेदार मानिएकाे टिम यूएई विरुद्ध नेपाललाई जित निकाल्न त्यति सजिलो भने हुने छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०