पर्यटक बोलाउँदै चार थुम र ७ सय कोल्मा

ssapana44@gmail.com' jamuna aryal
३० पुष २०७५, सोमबार ११:३२

पोखरा -तनहुँ र स्याङ्जाको कोल्मा बहाकोट आसपासका गाउँ चार थुम र सात सय कोल्मा नामले चिनिन्थे । कोल्मा बहाकोट, राइपुर, ओरेस्टे, मनकामना, हरिनास र पेल्काचौरलाई चार थुम भनिथ्यो । त्यसैसँग चित्रेभञ्ज्याङ, गिरेकोटसम्म जोडिन्थ्यो । किचनास, खैरेकोट, चिसापानीले चार थुमसँग सहकार्य गर्थ्यो ।

ओरस्टे, कोल्मा, सालडाँडा, राइपुर, बहाकोट, सात साय घरधुरीको मौलाकोटलाई सात साय कोल्मा भनिन्थ्यो । कोल्मा सामाजिक, शैक्षिक, खेलकुदको केन्द्र थियो । अहिले ती गाउँलाई जोड्ने गरी खेलकुदका गतिविधि हुँदैनन् । शहर नै रोजाइ भएपछि पहिलेजस्तो शिक्षाको केन्द्र पनि छैन ।

नेपालका अन्य गाउँजस्तै वैदेशिक रोजगार, भारतीय तथा बि्रटिस आर्मीमा भर्ती, खाडी र युरोप तथा अमेरिका मोहले गाउँहरुलाई सुनसान बनाउँदै लगेको छ । गाउँका घरहरु खाली भएसँगै त्यहाँका संस्कृति र परम्परा लोप हुँदै गइरहेका छन् । जमिन बाँझो हुँदै गइरहेको छ । गाउँले रोजगार र सुविधाको खोजीमा जाँदा चार थुम र ७ सय कोल्मामा पहिलेजस्तो आउजाउ छैन ।

तर, अब चार थुम र ७ सय कोल्मालाई जगाउन, गाउँमा पर्यटक बोलाउन र नयाँ पुस्तालाई आफ्नो गाउँठाउँ चिनाउन गाउँलेहरु कस्सिएका छन् । गाउँहरुमा कसरी पर्यटक पुर्‍याउने र त्यहाँका ऐतिहासिक, सांस्कृतिक पक्षलाई उजागर गर्ने भनेर कोल्मा आसपासका गाउँ जोड्ने प्रयास स्थानीयले थालेका छन् ।


प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१