नायिका प्रियंका कार्की निर्माता बन्दै

ssapana44@gmail.com' jamuna aryal
२९ पुष २०७५, आईतवार १५:३३

काठमाण्डौ – नेपाली चलचित्रका धेरै अभिनेत्रीहरु निर्माता बनिसेका छन् । निर्माता बनेका लिष्टमा नायिका प्रियंका कार्की पनि थपिएकी छिन् । नायिका प्रियंका कार्कीले पनि अब चलचित्र निर्माण गर्ने तयारी गरेकी छिन् । नायिका कार्कीले निर्माण गर्न लागेको चलचित्रलाई निर्देशक साम्तेन भुटियाले निर्देशन गर्ने पक्का भइसकेको बताइएको छ ।

यतिबेला चलचित्रको कथामा काम भइरहेको छ । कथाको काम सम्पन्न भएपश्चात चलचित्रका निम्ति पात्रको खोजी हुने छ । चलचित्रमा नायिका कार्की स्वयंमले अभिनय गर्ने या अरु कसैलाई राख्ने भन्ने कुरा समेत कथा लेखनपछि मात्र टुंगो लाग्ने नायिका कार्कीले बताएकी छन् ।

यसअघि निर्देशक साम्तेन भुटियासँग नायिका कार्कीले चलचित्र अनागतमा काम गरेकी थिइन् । प्रियंकाले निर्माण गर्न लागेको चलचित्रको कथा समेत निर्देशक साम्तेनले नै लेख्दै छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१