मधुमेहका रोगीले के खाने, के नखाने?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ पुष २०७५, आईतवार ०८:३४

मधुमेहको परिचय : हामीले खाने खानाबाट प्राप्त हुने र रगतमा पाइने ग्लुकोज शक्तिको स्रोत हो। रगतमा ग्लुकोजको मात्रा अत्यधिक भएमा मधुमेह वा चिनीरोग उत्पन्न हुन्छ। शरीर भित्रको प्याङ्क्रिया नामक ग्रन्थीले ‘इन्सुलिन’ भन्ने हार्मोन उत्पादन गर्छ, त्यसै इन्सुलिन हार्मोनले खानाबाट प्राप्त ग्लुकोजलाई शक्तिमा उपयोग गर्न कोषहरुमा पु¥याउन मद्दत गर्दछ।

कहिलेकाहीं शरीरले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन अथवा इन्सुलिनको राम्रोसँग उपयोग हुन सक्दैन। त्यतिबेला ग्लुकोज कोषहरुमा पुग्न नसकी रगतमा रहिरहन्छ। यसरी उत्पन्न हुने स्वास्थ्य समस्यालाई मधुमेह वा चिनीरोग भनिन्छ। कसैकसैले ‘मधुमेहको सुरुवात’ वा ‘सीमाभित्रको मधुमेह’ मात्र ठानेर यसलाई त्यति गम्भीर समस्याको रुपमा नलिएको पाइन्छ। तर सीमाभित्रको मधुमेहलाई पनि गम्भीर समस्या नै मान्नु पर्दछ।

मधुमेहको ऐतिहासिक पृष्ठभूमि : सन् २०१३ मा अन्तर्राष्ट्रिय मधुमेह महासंघको तथ्याङ्कमा विश्वभरमा ३ अरब ८१ करोड मधुमेहका बिरामी पाइए भने सन् २०१६मा त्यसबाट बढेर ४ अरब २२ करोड पीडित पाइएका थिए। हालसम्मको अध्ययनअनुसार विश्वका ४ अर्ब २५ करोड व्यक्ति मधुमेहबाट आक्रान्त पाइएका छन्।

11 संगठनले सन् २०३० सम्ममा हालको संख्याको दोब्बर पुग्ने अनुमान गरेको छ। विश्वव्यापी मधुमेहले दक्षिण पूर्वी एसियाका ८ करोड २० लाख जति व्यक्तिलाई आक्रान्त पारेको छ। सन् २०१७ को अध्ययनअनुसार चीनमा ६ करोड ३० लाख, भारतमा ३ करोड ८० लाख र बङ्गलादेशमा ५ लाखभन्दा बढी व्यक्ति मधुमेहबाट पीडित छन्।

प्रायजसो मुलुकका जनसंख्याको झन्डै ५० प्रतिशत व्यक्तिले मधुमेहको परीक्षण नै नगराउने गरेको पाइएको छ। विश्वभरि भयावह स्थितिमा पु¥याएको नसर्ने रोग मधुमेहको रोकथाम र नियन्त्रण गर्न 11 संगठनले सन् १९९१ देखि कदम चालेको हो।

सन् २०१६ देखि १६० भन्दा बढी देश तथा प्रदेशका अन्तर्राष्ट्रिय मधुमेह महासंघका २३० सदस्य, अन्य संघ संगठन, राजनीतिज्ञ, स्वास्थ्य पेसाकर्मी तथा मधुमेह संक्रमित व्यक्तिहरु र उनीहरुका परिवारको सहभागिता तथा सहयोगमा विश्व मधुमेह दिवस मनाउन सुरु गरिएको हो।

हाल विश्वमा हरेक ४ परिवारमध्ये १ परिवार र ११ जना वयस्कमध्ये १ जना मधुमेहबाट संक्रमित भएको पाइएको छ। जसमा ९.१ प्रतिशत पुरुष र ८.४ प्रतिशत महिला संक्रमित रहेका छन् । हालसम्म पत्ता लागेको तथ्याङ्कको ८५ देखि ९० प्रतिशत मधुमेह २ पाइएको छ। न्यून र मध्यमस्तरको आम्दानी भएका एसियाली तथा अफ्रिकी मुलुकमा बढी देखिएको छ।

मधुमेह कति प्रकारका हुन्छन् ? जनस्वास्थ्य समस्याका रुपमा रहेका मधुमेह वा चिनीरोग तीन प्रकारका हुन्छन्। मधुमेह १, मधुमेह २, जेस्टेसनल र अन्य मधुमेह। तर मधुमेह १ र मधुमेह २ गम्भीर प्रकारका मधुमेह हुन्।

१. मधुमेह १ मा शरीरको प्रतिरक्षा प्रणालीले प्याङ्क्रियामा भएका इन्सुलिन उत्पादन गर्ने कोषलाई नष्ट गरिदिन्छ। यसरी कोष नष्ट भएको प्याङ्क्रियाले इन्सुलिन उत्पादन गर्न सक्दैन। यो मधुमेह १ ले जुनसुकै उमेरका व्यक्तिमा देखिन्छ, तर सामान्यतया यसले बालबालिकालाई समेत संक्रमण गर्दछ। त्यसकारण मधुमेह १ लागेका व्यक्तिले जीवित रहिरहन जीवनभर हरेक दिन इन्सुलिन लिनु पर्दछ।

२. मधुमेह २ लागेका व्यक्तिको शरीरको इन्सुलिन उत्पादन तथा उपयोग गर्ने क्षमता ह्रास हुन्छ। यसले जुनसुकै उमेरका व्यक्तिलाई आक्रमण गर्न सके तापनि खासगरी वयस्क वा वृद्धलाई आक्रमण गर्दछ। शारीरिक व्यायाम र खानाको सन्तुलनबाट यसलाई नियन्त्रण गर्न सकिन्छ। यदि समयमै ध्यान पु¥याएमा यो मधुमेह ८० प्रतिशत निको हुन्छ।

३. जेस्टेसनल मधुमेह हरेक २५ जना गर्भवती महिलामध्ये १ जनामा देखिन्छ र शिशु जन्मेपछि आफैं हराउँछ। गर्भावस्थामा देखिएको जेस्टेसनल मधुमेहले पछि ती महिलालाई मधुमेह २ ले आक्रमण गर्नसक्ने सम्भावना भने रहन्छ।

मधुमेहले कसलाई बढी आक्रमण गर्न सक्छ? मधुमेह लागेकाबाट जन्मेका सन्तति, ४५ वर्ष उमेर नाघेका व्यक्ति, धेरै मोटोपना भएका, शारीरिक व्यायाम नगर्ने, कुनै खास जाति र उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्या भएका व्यक्तिलाई मधुमेह रोग लाग्ने उच्च जोखिम हुन्छ।

मधुमेहका बिरामीलाई देखिने स्वास्थ्य समस्या केके हुन्? मधुमेह रोग लागेका व्यक्तिहरुमा खास स्वास्थ्य समस्यामध्ये मुटुसम्बन्धी रोग, मष्तिस्कघात, मिर्गौला, आँखा, दाँत, स्नायुमा हुने जटिल क्षति र खानपान सम्बन्धित समस्या प्रमुख हुन्।

मधुमेह रोगका चिह्न र लक्षण केके हुन्? मधुमेहमा देखिने चिह्न र लक्षणमध्ये बढी तिर्खा लाग्नु, पानी कम पिए तापनि बढी पिसाब लाग्नु, बढी भोक लाग्नु, काम वा व्यायाम नगर्दा पनि थकाइ बढी लाग्नु, आँखा तिरीमिरी देखिनु, हात तथा खुट्टा झमझम गर्नु वा शून्य लाग्नु, उपचार गर्दा पनि घाउ निको नहुनु तथा विनाकारण तौल घट्नु प्रमुख हुन्।

मधुमेह २ का जोखिमपूर्ण तत्वहरु केके हुन्? असाधारण 18 (मनपरी अनावश्यक खाद्यपदार्थ उपभोग गर्ने), मधुमेहका बिरामीबाट जन्मेका सन्तति, बढी उमेर (४५ वर्षभन्दा माथिका), शारीरिक व्यायाम नगर्ने, उमेरअनुसार बढी तौल भएका वा असामान्य तरिकाले तौल बढेका, उच्च रक्तचाप भएका, मष्तिस्कघात भएका, रगतमा उपयोगी एचडीएल कोलेस्टेरोल कम भएका वा बढी ट्रिग्लिसराइड भएका, डिप्रेसनमा रहेका र गर्भावस्थामा जेस्टेसनल डाइबिटिज भएका महिला उच्च जोखिमपूर्ण तत्व भएका मानिन्छन्।

मधुमेहको रोकथाम कसरी गर्ने?

मधुमेह जटिल नसर्ने रोग भए तापनि निम्न सकारात्मक र नियमित उपायबाट मधुमेहको रोकथाम तथा नियन्त्रण गर्न सकिन्छः

  • मधुमेहका बारेमा जानकारी राख्नु पर्दछ र मधुमेह लागिहालेमा पनि नियन्त्रणमा राख्नेतिर ध्यान दिनु पर्दछ।
  • दिनहुँ सबै काम छोडेर शारीरिक व्यायाम गर्नु पर्दछ। बिहान उठेर कम्तीमा आधा घन्टा छिटोछिटो हिंड्नु पर्छ। अरु व्यायाम पनि गर्न सकिन्छ र दिनभरि केही न केही काम गरिरहनु राम्रो हुन्छ।
  • बढी भएको तौल घटाउनै पर्छ र उमेरअनुसार तौल ठिक्क कायम राख्नु पर्दछ।
  • सकेसम्म सधैं र अचानक कुनै स्वास्थ्य समस्या देखिएमा स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नु पर्दछ।
  • मधुमेहलाई स्वस्थकर खानपान अत्यन्त आवश्यक पर्दछ। पियास लागेमा पानी पिउने तर चिसो पेय पदार्थ पिउनु हुँदैन।
  • सूर्तिजन्य पदार्थको सेवन गर्नु हुँदैन। यदि गरिरहेको भए छोडिहाल्नु पर्दछ। सूर्तिजन्य पदार्थले मधुमेहका साथै रक्तचाप, खराब कोलेस्टेरोल प्रवाह गरी रक्तसञ्चारमा धेरै हानि पु¥याउँछ।
  • कम्तीमा ३–३ महिनामा रगतमा ग्लुकोजको मात्रा र रक्तचाप मापन गर्नु पर्दछ। यदि रक्तचाप र रगतमा ग्लुकोज बढी देखिएमा स्वास्थ्यकर्मीको सल्लाहबमोजिम नियमित औषधि सेवन गर्न आलटाल र अल्छी गर्नु हुँदैन।
  • इन्सुलिन लिने गरेका मधुमेह १ का बिरामीले नियमित रुपमा इन्सुलिन लिन छोड्नु हुँदैन। यदि अन्य कुनै स्वास्थ्य समस्या भएको अवस्थामा पनि इन्सुलिन लिइराख्नु पर्दछ।
  • स्वस्थकर खाना खानु पर्दछ। किनभने मधुमेहलाई खानेकुरामा आधारित रोग पनि भनिन्छ।

मधुमेहका बिरामीले कस्तो खाना खानु पर्दछ?

  • कार्बोहाइड्रेट वा चिल्लो कम भएको खानेकुरा खानु पर्दछ । किनभने एचडिएल कोलेस्टेरोल बढी भएका तर एलडिएल कोलेस्टेरोल भने विल्कुलै न्यून भएका खानेकुरा खानु पर्दछ।
  • रेसा बढी भएका हरिया तरकारी, सागपात तथा फलफूल आदि खानेकुरा खानु पर्छ।
  • सबैजसो फलफूल तथा मौसमअनुसारका फलफूल खानु पर्दछ।
  • दूधबाट बनेका खानेकुरा जस्तै दूध, दही, मही, पनिर खानु पर्दछ।
  • पेय पदार्थमा उमालेको वा राम्ररी फिल्टर गरेको पानी मात्र पिउनु पर्दछ।
  • पशुजन्य खानेकुरामा माछा, रातोमासु खान सकिन्छ।
  • सुख्खा फलफूलमा काजु, किसमिस, ओखर, बदाम, फर्सीका बियाँ खानु राम्रो हुन्छ।

मधुमेहका बिरामीले कस्तो खाना खानु हुँदैन?

  • बजारमा पाइने फास्टफुड र तारेका खानेकुरा खानु हँुदैन।
  • पानीको सट्टा कुनै पनि पेय पदार्थ पिउनु हुँदैन।
  • अधिक मसलायुक्त, गरिष्ठ र सजिलै नपच्ने खानेकुरा खानु हुँदैन।
  • सूर्तिजन्य र लागू पदार्थ सेवन गर्नु हुँदैन।
  • अधिक र हानिकारक मद्यपान गर्नु हुँदैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१