प्रदेश नम्वर २ स्वास्थ्यको क्षेत्रमा सवैभन्दा कमजोर : मन्त्री यादव

ssapana44@gmail.com' jamuna aryal
२८ पुष २०७५, शनिबार ११:०५

सिरहा – देशको सातै  प्रदेशमध्य प्रदेश नम्वर २ स्वास्थ तथा शिक्षामा सवैभन्दा पछाडी रहेको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताउनु भएको छ । 
सिरहाको मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री उपेन्द्र  यादवले स्वास्थ्यकर्मी डाक्टरहरु यस प्रदेशमा धेरै भएपनि स्वास्थ्यको अवस्था कर्णाली प्रदेश भन्दा कमजोर रहेको बताउनुभयो ।
पछाडी परेका क्षेत्र, प्रदेश वा गाउँलाई सन्तुलनमा ल्याउनु लगानीको थप जरुरी रहेको मन्त्री यादवले बताउनुभयो । उहाँले भने, ‘जुसुकै क्षेत्रमा विकासको लागि लगानी जरुरी हुन्छ, यहाँ स्वास्थ्यको अवस्था अत्यन्त कमजोर रहेकोेले स्वास्थ्यक्षेत्रमा सरकार लगानी गरिरहेको छ ।’
प्रदेश नम्वर २ स्वास्थ्यको क्षेत्रमा सवैभन्दा कमजोर रहेकोले यहाँ सरकारले लगानी गर्ने मन्त्री उपेन्द्र यादवले बताउनुभयो ।

उहाँले यो क्षेत्र भुगोलको हिसवाले सुगम भएका कारण धेरै जनसंख्याको बसोबास छ, तर यहाँ स्वास्थ्य र शिक्षाको अवस्था कमजोर देखिएकोले सरकार लगानीगर्न तयार रहेको जनाउनु भयो । 
सरकारको हरेक वडामा स्वास्थ्य केन्द्र, गाउँपालीकामा प्राथमिक उपस्वास्थ्य केन्द्र, नगरपालीकामा अस्पताल र प्रदेशहरुमा एउटा विशिष्ट स्वास्थ्य उपचारगर्ने अस्पताल स्थापना गर्ने नितिगत व्यवस्था भएकोले सवै गाउँहरुको स्वास्थ्यसंस्थाहरु स्थापना हुने मन्त्री उपेन्द्र यादवले बताउनुभयो । मन्त्री यादवले यो वर्षमा करिब  १२ सय अस्पताल बन्ने समेत जानकारी दिनुभयो । 
सोही क्रममा शहरी विकास मनत्री इस्तिफाक रायनले नेपाल सरकारको शिक्षा तथा स्वास्थ्यमन्त्रीमा यही प्रदेशका नेताहरु मन्त्री बनेका भएपनि यो प्रदेश शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सवैभन्दा कमजोर रहेको बताउनुभयो ।
अवको दिनमा यो प्रदेशलाई सन्तुलित किवासको लागि लगानी गर्न तत्पर रहेको बताउनुभयो । उनले आफ्नो मन्त्रालयले देशभरनै खरको छाप्रो विस्थापीत गर्ने, जोखिमयुक्त स्थानमा बसेकाहरुलाई स्थान स्थान्तरण गर्न र अति विपन्न तथा दलित परिवारलाई सुरक्षित बसोबासको लागि आवास कार्यक्रम अन्तर्गत अनुदान सहयोग गर्ने बताउनुभयो । 
मन्तव्यत्रकै क्रममा नागरिकता समस्या चाडै संविधान संशोधन गरी समाधान गर्ने जनाउनुभयो । उहाँले नागरिक सम्वन्धि समितिले सम्पूर्ण काम सकिसकेले अव चाँडै सदबनट पास गराएर नागरिकता समास्या समाधान गर्ने बताउनुभयो । 
स्वास्थ्य मन्त्रालयाका सचिव पुष्पा चौधरीले आवश्यकताको आधारमा २ नम्वर प्रदेशमा स्वास्थ्यकर्मी पुर्यान नसकिएको बताउनुभयो । उहाँले भएका कर्मचारी पनि विभिन्न समास्याका कारण यहाँ बस्न नमान्ने भएकाले यहाँ झन जटिलता आएको सुनाउनुभयो । 
स्वास्थ्य विभागले प्रागमिक स्वास्थ्यकेन्द्रलाई आवश्यक स्वास्थ्य उपकरण तथा औषधीहरु प्रदान गरेको छ । विभागले एक्सरे मेसिन र आवश्यक सम्पूर्ण सामार्गीहरु, बाल बालिकाको विशिष्ठ उपचारका लागि आवश्यक उपकरण तथ अन्य अति आवश्यक उपकरण र औषधीहरु सहयोग गरेको थियो । मन्त्री उपेन्द्र  यादवले आवशयक परेको बेला सवैखालको सहयोग गर्न सकार तयार रहेको पनि बताए । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१