मोबाइलको ब्याट्री पड्किँदा ७ वर्षीय बालकको मृत्यु

मोरङ – मोरङको विराटनगर महानगरपालिका-१५, रामजानकी टोलमा मोबाइलको ब्याट्री पड्किएर शुक्रबार एक बालकको ज्यान गएको छ ।

बिस्फोटमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् ।

ज्यान जानेमा स्थानीय सुभाष मण्डलको ११ वर्षीय छोरा अमित मण्डल छन् भने  सँगै रहेका त्यसै ठाउँका राजेश मण्डलकी ६ वर्षीया छोरी राधिका मण्डल घाइते भएकी छिन् ।

निर्माणाधीन घरमा आगो बाली खेल्ने क्रममा बिस्फोट हुँदा घाइते भएका बालकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

आगो बलेको ठाउँमा पुरानो मोवाइलको ब्याट्री रहेको  र सोही ब्याट्री पड्किएको हुनसक्ने प्रहरीले बताएको छ ।

शुक्रबार, पुस २७, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री