नेविसंघ: महामन्त्रीसहित ७ पदाधिकारीले दिए पदबाट राजीनामा

काठमाडौं -नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्रीसहित सात जना पदाधिकारीले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

पदाधिकारीहरुले शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनेहरुमा उपाध्यक्षत्रय सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसी छन् । यसैगरी महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले पनि राजीनामा दिएका छन् ।

७ पदाधिकारीले राजीनामा दिएपछि  नेविसंघ अध्यक्ष नैनसिंह महर अप्ठ्यारोमा परेका छन् ।

नेविसंघको महाधिवेशन भदौमा हुने भनिएको थियो तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद माघ २ गते सकिँदैछ ।

शुक्रबार, पुस २७, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री