एएफसी एसियन कपमा यूएईले भारतलाई दुई शून्य गोल हरायो

ssapana44@gmail.com' jamuna aryal
२७ पुष २०७५, शुक्रबार ११:२१

काठमाण्डौँ – एएफसी एसियन कपमा यूएईले भारतलाई दुई शून्य गोल अन्तरले हराएको छ । पहिलो खेलमा थाइल्याण्डलाई ४–१ गोलले हराएको भारतले बिहीबार यूएईसँग हार व्यहोरेको हो । 

आबुधाबीको जायेद स्पोर्टस सिटीमा भएको यो खेलमा भारतीय टिम पहिलो हाफमा एक गोलले पछि परेको थियो । खेफान मुबारकले ४२ औँ मिनेटमा शानदार गोल गरेपछि यूएईले अग्रता लिएको थियो । यस्तै खेलको ८८ औँ मिनेटमा अली मबखाउतले यूएईका लागि दोस्रो गोल गरे । 

भारतीय टिमले भने गोल गर्न सकेन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०