पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण

ssapana44@gmail.com' jamuna aryal
२७ पुष २०७५, शुक्रबार ११:१३

काठमाडौं । पुस २७ गते राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्ती । पृथ्वीनारायण शाहले विभिन्न बाइसे र चौबीसे राज्यमा टुक्रिएको नेपाललाई एकीकरण गरेर उदाहरणीय बनेका थिए । 

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् ।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक बिदा नदिए पनि सरकारी सहभागितामै पृथ्वीजयन्ती मनाइँदैछ । राष्ट्रनिर्माताको राजकीय मान्यता दिँदै सरकारले पृथ्वी जयन्ती मनाएको हो ।

प्रज्ञा प्रतिष्ठान आयोजक रहेर पुस २७ गते बिहान कमलादीस्थित प्रज्ञा भवनबाट बाजागाजासहित सुरु भएको र्‍यालीमा उपप्रधानन्त्री मन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासहितका मन्त्रीहरु समेत सहभागी भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१