विदा मनाउ प्रियंका र निक क्यारेवियन आइल्याण्डमा

ssapana44@gmail.com' jamuna aryal
२६ पुष २०७५, बिहीबार १४:५८

प्रियंका चोपडा र निक जोनस पछिल्लो दिन परिवारका साथ विदा मनाउन व्यस्त बनेका छन् । 

विदा मनाउने क्रममा प्रियंका र निक मंगलबार क्यारेवियन आइल्याण्डमा देखिए । 



विवाहपछि यो जोडी  आफ्नो परिवारवालाका साथ स्ट्जिरल्याण्डको हिमपात भएको क्षेत्रमा हिँउ खेल्न पुगेका थिए जहाँ उनीहरुले स्कीको पनि मजा लिएका छन् । 

यो यात्रामा प्रियंकाकी आमा मधु चोपडा तथा भाइ पनि थिए भने निकका घरवाला जो जोनस तथा उनकी हुनेवाली पत्नी सोफी टर्नर र निकका आमाबुबा पनि थिए । प्रियंका र निकको परिवारसहितको यो विवाहको फोटो उनले सामाजिक सञ्जालमा राखेकी छिन् जसमा उनका फ्यानहरले लाइक र प्रतिक्रियाहरु जनाइरहेका छन् । 

प्रियंका र निकको अहिले नयाँ तस्वीर सार्वजननिक भएको छ जसमा उनीहरु समुन्द्रको किनारामा मस्ती गरिरहेको देखिएका छन् ।  

केही तस्वीर विमानस्थलको पनि देखिएको छ जहाँ उनीहरु एक अर्काको हात समाएर विमानबाट उत्रन लागेको देखिएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१