चन्दननाथ मन्दिरमा पर्यटकको घुइचो लाग्ने

ssapana44@gmail.com' jamuna aryal
२६ पुष २०७५, बिहीबार १४:५१

जुम्ला –  पछिल्लो समय कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा आन्तरिक तथा वाह्य पर्यटकको घुइचो लाग्ने गरेको छ। कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ घोषणा गरेसंगै राराताल घुमेर चन्दननाथ मन्दिरको दर्शन गरेर फर्कने पर्यटकहरु बढ्दै गएका छन्।

चन्दननाथ गुठी समितिको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा झण्डै १० हजार पर्यटकले चन्दननाथ मन्दिरको अवलोकन गरेका छन्। पछिल्लो समय पर्यटकहरु बढ्दै गएपछि मन्दिरले भने अहिले उनीहरूकाे रेकर्ड समेत राख्ने गरेको छ। उक्त मन्दिरको महत्वका बारेमा जान्न चाहने पर्यटकलाई जानकारी दिने व्यवस्था समेत समितिले मिलाएको छ। 

चन्दननाथ मन्दिरको इतिहास विश्वको सवैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धानको उत्पादन संग जोडिएकोले पनि यस क्षेत्रमा पर्यटक आएर अति नै चासोको रुपमा अवलोकन गर्ने गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१