सन् २०१९ मा विश्वका सबैभन्दा सुन्दर महिलाहरु

ssapana44@gmail.com' jamuna aryal
२६ पुष २०७५, बिहीबार १३:२९

काठमाडौं – सन् २०१९ को लागि विश्वका सबैभन्दा सुन्दर महिलाहरुको सूची सार्वजनिक भएको छ ।
विश्वका १० सुन्दर महिलाहरु यसप्रकार छन् –

१. हान्डे एर्सेल
२५ वर्षीया टर्कीकी अभिनेत्री तथा मोडल २०१९ को सबैभन्दा सुन्दर महिला हुन् । टीसी ह्यान्डलरको सूचीअनुसार उनले सन् २०१३ सक्रिय रहेकी यी महिला पहिलो स्थानमा परेकी हुन् । उनी टर्कीकी सबैभन्दा प्रतिभाशाली महिलामध्येकी एक हुन् ।

२. लिजा सोबेरानो
फिलिपिनो–अमेरिकी अभिनेत्री तथा मोडल लिजा सोबरानो १० सबैभन्दा सुन्दर महिलाको सूचीको दोस्रो नम्बरमा छिन् । उनले टेलिभिजन सिरियलबाट आफ्नो करियर सुरु गरेकी थिइन् । अहिले उनी रोमान्टिक तथा कमेडी फिल्ममा काम गरिरहेकी छिन् ।

३. एना डे आर्मस
क्युबाकी अभिनेत्री एना डी आर्मस पनि २०१९ को सबैभन्दा सुन्दर महिलाको सूचीमा परेकी छिन् । उनी अहिले हलिउडमा काम गरिरहेकी छिन् । उनलाई सबैभन्दा हट महिलामध्येकी एक मानिन्छ । क्युबामा जन्मेर हुर्किएकी उनकी आमा स्पेनिस हुन् ।

४. सेलेना गोमेज
सेनेला गोमेज २०१९ को सबैभन्दा सुन्दर महिलाको चौथो सूचीमा छिन् । सेलेना आत्मविश्वासका साथै स्वाभाविक समझदार महिलाको रुपमा चिनिन्छन् । त्यसका साथै उनी सबैभन्दा सुन्दर गायिकामध्येकी एक हुन् । त्यसका साथै उनले विभिन्न च्यारिटी संगठनका साथमा पनि काम गरेकी छिन् ।

५. दीपिका पादुकोण
बलिउडकी सबैभन्दा बढी कमाउने अभिनेत्री दीपिका पादुकोण यो सूचीको पाँचौं स्थानमा छिन् । भारतको सबैभन्दा सुन्दर महिलाको सूचीमा उनको नाम सबैभन्दा बढी चर्चामा रहने गरेको छ ।

६. नाना इम जिन–आह
चिनियाँ नायिकालाई नानाको नामले पनि चिनिन्छ । उनी पनि विश्वकै सबैभन्दा सुन्दर महिलाको छैठौं स्थानमा छिन् । उनी सन् २०१५ को जुनमा चीनमा अत्यधिक सक्रिय थिइन् ।

७. प्रियंका चोपडा
पूर्व मिस वल्र्ड प्रियंका चोपडा पुनः विश्वको सबैभन्दा सुन्दर महिलाको सूचीमा परेकी छिन् । चर्चित भारतीय अभिनेत्रीले हलिउडका केही फिल्ममा पनि काम गरिसकेकी छिन् । यसअघि उनले सबैभन्दा कामुक एसियन महिलाको उपाधि पनि जितिसकेकी छिन् ।

८. क्याथरिन ल्याङफोर्ड
२२ वर्षीया यी महिला २०१९ को सबैभन्दा सुन्दर महिलाको स्थानमा आठौं स्थानमा छिन् । अष्ट्रेलियाकी यी महिलाले आफ्नो पढाइ सकेसँगै अभिनेत्री बन्ने फैसला गरेकी थिइन् ।

९. लिन युन
चिनियाँ अभिनेत्री लिन युन यो सूचीमा नवौं स्थानमा छिन् । उनी चीनको सबैभन्दा लोकप्रिय अभिनेत्रीमध्येकी एक हुन् ।

१०. एमिलिया क्लार्क
बेलायती अभिनेत्री एमिलिया क्लार्क सूचीको दशौं स्थानमा छिन् । ३२ वर्षीया यी अभिनेत्रीले केही उत्कृष्ट फिल्महरुमा काम गरिसकेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०