एमबीबीएस छात्रवृत्ति निल्नु न ओकल्नु

ssapana44@gmail.com' jamuna aryal
२६ पुष २०७५, बिहीबार १३:१८

काठमाडौं – कपिलवस्तुका दिलिप चमार चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को परीक्षामा राम्रो अंक प्राप्त गरेपछि एमबीबीएस छात्रवृत्तिका लागि छनौट भए । सरकारले विश्व विद्यालय अनुदान आयोगमार्फत उनलाई अध्ययन खर्च उपलब्ध गरायो ।

आईओएमले लिएको प्रवेश परीक्षाको प्राप्तांकका आधारमा उनी पोखरास्थित गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना भएका छन् । अनुदान आयोगबाट प्राप्त रकममध्ये पहिलो किस्ताबापतको रकम पनि कलेजको बैंक खातामा जम्मा भइसकेको छ ।

तर, दिलिपले पढ्न पाउने नपाउने निश्चित छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार अतिरिक्त रकम तिर्न नसके भर्ना रद्द गराउने स्पष्ट व्यहोराको पत्र दिलिपलाई गराइसकेको छ ।

सरकारले उपलब्ध गराएको छात्रवृत्तिबाहेक कलेजले अतिरिक्त १८ लाख ८१ हजार ९ सय मागेपछि दिलिपलाई सरकारी छात्रवृत्ति निल्नु न ओकल्नु भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०