नेदरल्याण्डस्मा तिज भव्य रुपमा मनाइयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ भाद्र २०७१, शुक्रबार ०४:०९

नेदरल्याण्डमा  नेपाली महिलाहरुको पर्व हरितालिका भव्य  रुपमा मनाइयो ।  । नेपाल म्युजिक फाउन्डेनसनको आयोजना र नेपाल विकास प्रतिष्ठान,  गैर आवासीय नेपाली संघ नेदरल्याण्डस् , नेपाली जनसंपर्क समिति, नेपाल समाज नेदरल्याण्ड्स लगायत नेदरल्याण्डस्का नेपाली संघसंस्था समुदायको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । teej 2

नेपाली संघसंस्था विचको सहकार्यलाई मजबुत बनाउँदै प्रवासमा रहेका नेपालीहरु विचको भातृत्वको भावानालाई प्रर्वद्धन गर्न, नेदरल्याण्डस्मा रहेका दोश्रो पुस्ताका गैर आवासीय नेपालीहरुलाई नेपाली संस्कृतिको पहिचान दिन र नेदरल्याण्डस्को नेपाली समुदायमा नेपालको प्रवद्र्धन गर्न गराउनको लागि यस्ता कार्यक्रम नेपाल म्युजिक फाउन्डेनले आगामी दिनमा पनि निरन्तर रुपमा गरिने र कार्यक्रम सफल भएकोमा आँफु अत्यन्तै उत्साहित भएको नेपाल म्युजिक फाउन्डेसनका अध्यक्ष वर्षा खड्काले बताउनु भयो । teej 11

आयोजकहरुले कार्यक्रममा निमन्त्रणालाई स्वीकारी उपस्थित हुने सवै नेपाली लगायत  विदेशी समुदाय, कार्यक्रम सफल बनाउको लागि विभिन्न तह र कोणबाट आर्थिक प्रायोजन, व्यवस्थापकीय कामहरु, मिडिया लगायत भान्छा तथा अन्य सहयोगीहरुलाई हार्दिक धन्यबाद तथा आभार व्यक्त गरका छन् ।

आयोजकका अनुसार कार्यक्रममा करिव तिनसय जनाको उपस्थिती रहेको बताइएको छ । औपचारिक कार्यक्रमबाट सुरु गरिएको कार्यक्रमको अध्यक्षता वर्षा खड्का, कार्यक्रम संचालन फाउण्डेसनका उपाध्यक्ष सावी रिजाल र आयोजकको तर्फबाट स्वागत महासचिव आरके सुवेदीले गरेका थिए । नेपाली कला संस्कृति, साहित्यलाई आफ्नो स्थानबाट अन्तराष्टियकरण गर्नको लागि प्रयासरत रहेने प्रतिवद्धता व्यक्त गरिएको थियो ।

कार्यक्रम भव्यरुपमा सफल भएको र खाना (दर) लगायत अन्य व्यवस्थाकिय पक्ष उत्कृष्ट रहेको सहभागीहरुले प्रतिकृया दिए । कार्यक्रमले मातृभुमीबाट हजारौं कोष टाढा भएपनि नेपालमै भएको महसुस भएको उनीहरुले वताए । कार्यक्रममा गैर आवासीय नेपाली संघ आइसीसीका सल्लाहाकार शशि पौडेल, एनआरएन नेदरल्याण्डस्का अध्यक्ष कृष्ण अधिकारी, एनआरएन नेदरल्याण्डस्का निवर्तमान अध्यक्ष नारायण आर्चाय, आइसीसी सदस्य फणिन्द्र पन्त,  नेपाली जनसंपर्क समितिका अध्यक्ष दिपक रेग्मी, नेपाल म्युजिक फाउन्डेसन नेदरल्याण्डस्का संस्थापक अध्यक्ष शारदा बराइली, एनडिएफ नेदरल्याण्डस्का अध्यक्ष टिकाराम सापकोटा लगायत नेदरल्याण्डस् सवै समुदाय, संघसंस्था तथा व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाली तिजी गितहरुमा महिला तथा पुरुषले घण्टौ नृत्य गरेका थिए ।

विभिन्न कारणहरुले प्रवासी नेपाली सुमदायमा धुर्विकरण देखिएता पनि यो कार्यक्रममा सवैको उपस्थिती रहेको र उल्लेख्य संख्यामा सहभागिता रहेकाले कार्यक्रम नेदरल्याण्डस्को नेपाली समुदायमा अभुतपुर्व रहेको नेपाल विकास प्रतिष्ठानका तथा एनआरएन आइसीसी सल्लाहाकार शशि पौडेलले बताउनु भयो ।

नेपाल म्युजिक फाउन्डेसन नेदरल्याण्डस्का संस्थापक अध्यक्ष शारदा बराइलीले पुर्नगठित कार्यसमितिलाई खादा लगाई संस्थाको माइन्युट हस्तान्तरण गर्नु भएको थियो । समितिका कोषाध्यक्ष शरद जोशीले कार्यक्रमको आयव्यय विवरण यथाशिघ्र सार्वजानिक गर्ने बताउनु भयो । कार्यक्रममा भान्छाको संयोजन दिनेश रिजालले गर्नू भएको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१