श्रृंखलाले क्रिश्चियन धर्म झल्कने टोपी बाँडेर विवादलाई निम्तो

ssapana44@gmail.com' jamuna aryal
२५ पुष २०७५, बुधबार ०९:४८

काठमाडौं – चीनमा सम्पन्न मिस वल्डमा सहभागीता जनाएर आफ्नो राम्रो क्षमता देखाएर चर्चामा आएकी मिस नेपाल श्रृंखला खतिवडा क्रिश्चियन धर्ममा उभिएकी छिन् ।

देशकी एक प्रतिनिधि सेलिब्रिटी धार्मिक आवरणमा देखिएपछि उनको सामाजिक संजालमा आलोचना हुन थालेको छ ।

श्रृंखलाको पारिवारिक पृष्ठभूमिले पनि उनलाई मुछिन वाध्य पारको छ । उनी नेकपाका सांसद विरोध खतिवडाकी छोरी हुन् ।

उनले जाडोका समयमा जाडो ढाक्न क्रिश्चियन धर्म झल्कने टोपी बाँडेर विवादलाई निम्तो दिएकी हुन् ।

सामाजिक संजालमा मिस नेपालले धार्मिक प्रचार हुने खालका टोपी बाँड्न मिल्छ ? भन्दै प्रश्न गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१