संसद बैठक संचालन अन्यौलमा

ssapana44@gmail.com' jamuna aryal
२५ पुष २०७५, बुधबार ०९:२३

काठमाडौं – संघीय संसदको बुधबार तोकिएको बैठक संचालन हुनेमा अन्यौल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार संसदमा सम्वोधन गरेपछि प्रश्नोत्तरको कार्यक्रम नराखिएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अवरोध गरेपछि बैठक बुधबारसम्मका लागि स्थगित गरिएको थियो ।

काँग्रेस सांसदहरुलाई प्रश्न सोध्न नदिएका सभामुख कृष्णबहादुर महरा र प्रमुख प्रतिपक्षी काँग्रेस आ–आफ्नै अडानमा रहेकाले बुधबार दिउँसो १ बजे डाकिएको बैठक बस्नेमा अन्यौल छ ।

प्रधानमन्त्रीले सम्वोधन गरेपछि प्रश्न गर्न नपाएको भन्दै जहाँबाट बैठक अवरोध भएको थियो त्यहीबाट बैठक चालु गर्नु पर्ने अडान काँग्रेसले राखेको छ । सभामुख महराले भने त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

अघिल्लो बैठकमा सभामुखले सहमति र विधि प्रक्रिया उल्लंघन गरेकाले महराले माफी माग्नु पर्ने र आगामी दिनमा पेलेर जाने मानसिकता त्याग्नु पर्ने काँग्रेसको माग छ ।

सभामुख महराले अगाडि बढिसकेको प्रक्रियामा फेरि फर्कन सकिँदैन र यस पटक प्रश्नोत्तर गराउन सकिदैन भन्दै आएका छन् । उनले अर्को पटकदेखि गराउँला भन्दै प्रतिपक्षीको मागलाई बेवास्ता गरेका छन् ।

महराको यही अडानका कारण अस्ती बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि अनिर्णीत भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१