रबिबारे केही तथ्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०७५, बुधबार ०५:३८

महेन्द्र सिंह । नेपाली नागरिकताको प्रश्न उठेपछि हतारमा प्रकृया सुरु गरेको प्रमाण देखाएर सुँकसुँकाउनु र घरकी श्रीमतीसँग संवन्ध विच्छेद हुनुभन्दा कैयन वर्ष पहिलै अर्कीपट्टीबाट घोर्ले छोरा जन्माउँनु र कुरा बाहिर आउने लगभग पक्का भएपछि हतार हतार संवन्ध विच्छेद गर्नु पत्रकार रवि भाइका गज्जवका काइदा देखिए । अझ एउटा पत्रकारको जागिरले अमेरिका बस्ने छोरीहरूको भरण पोषण पनि गरिरहेको बात बताएर पत्रकार हुनु त रवि जस्तो क्षमतावान र दयालु भन्ने छवि निर्माण पनि गर्न भ्याए। घरकी श्रीमतीलाई गुमराहमा राखेर या दमन गरेर बजारभरी उप-श्रीमती राख्ने खान्दानीहरूलाई हेर्दा रविले कुनै अनौठो वेइमानी गरेका छैनन । तर एउटी नारी बनेर हेर्ने हो भने रविलाई भगवान मान्नु मुर्खता बाहेक केही पनि होइन।उनी नारी-पीडक पुरुष हुन। उनी परस्त्रीगामी पुरुष हुन।अव आफूले भगवान मानेको मान्छेले सोह्र सय श्रीमती राखे पनि “भगवानलाई पाप लाग्दैन” भन्ने नेपाली समाजको एउटा हिस्साको लागि रवि आलोचना नै गर्न नमिल्ने गरी औसत मान्छेभन्दा माथि उठिसकेका महामानव हुन ।मान्छे हेरेर होइन कसूर हेरेर निर्णय गर्ने हो भने रवि महिलाहरूको लागि समाजका औसत उत्पीडक पुरुषभन्दा फरक छैनन।सार्बजनिक ब्यक्ति भएपछि सबैको चासो हुनु स्वभाबिक हो हुन्छ र हुनुपनी पर्छ । जो अगुवा उही बाटो हगुवा भयो यस्तो पनि हुन्छ । रबिको जेठि श्रीमति तपाईको दिदि या बहिनी भएको के हुन्थ्यो । तपाईको दिदी संग डिभोर्स नभईकन बिदेशी केटि संग लागेर अर्को बच्चा जन्माएर तपाईको दिदिलाई मानसिक तनाब दिएको भए के हुन्थ्यो ?? ठिक छ रबिले अहिले गरेको कामको संमान गर्नुपर्छ । तर संमानको नाममा उनले आफ्नी २ वटि श्रीमतिलाई विभिन्न आरोप लगाएर डिभोर्स दिएर फेरि तेस्रो श्रीमति बिहे गर्न खोज्दैछन के रबि १०/१० बर्षमा श्रीमति फेरि रहने हामी चाहिँ उनको जन्ति गइरहने हो ? हेर्नुहोस यहाँ चटकेले पनि एकछिन आफ्नो कला राम्रो संग देखाउछ हामी पत्याउन बाध्य हुन्छौ । तर यथार्थमा केही पनि हुन्न । रबिको असली रुप देखिन सुरु भएको छ । हेर्दै जाउ अझ केके देखिन्छ । घरको परिवारलाई राम्रो संग मिलाउन र खुशी दिन नसक्नेलाई के भन्ने ? के कारणले डिभोर्स भयो २ वटी श्रीमतिको मात्र दोस हो कि रबिको पनि दोस छ ? यो कुरा जनताले पनि जान्नुपर्छ । ब्यक्तिगत मामिला भनेर उम्कन मिल्दैन यो नेपाल हो । अमेरिका होईन  जे जे मन लाग्छ त्यही गर्ने आफुलाई मन नपरेपछि सबै दोष श्रीमतिलाई थोपरेर उम्कने । श्रीमति फेर्दै,डिभोर्स दिदै हिड्न पाईन्न । हामी रबिको अन्धभक्त होईनौ । गलतलाई गलत नै भन्छौ । प्रिय रवि लामिछाने,दुईवटा फुल जस्ती छोरीहरु हुदाहुँदै अर्को विदेशी महिलासँग सहबास गरेर सन्तान उत्पादन गर्न भ्यायौं । लु ठिकै छ । दुई श्रीमती र तीन सन्तान हुदाहुँदै तेश्रो श्रीमतीसँग विहेको तयारीमा छौं । त्यो पनि ठिक छ । तर, डिभोर्सपछि पनि फुल जस्ता दुई छोरीको आमालाई आरोपित गरेर आफ्नो बहादुरीको स्टाटस लेख्नुलाई चहि ठिक मान्न सकिएन । लेखेका छौं, ‘मेरो डिभोर्सका कारण एक होइन, अनेक र लाजमर्दा छन् ।’ ती अबोध नानीहरुको आमा बिरुद्ध लेखेर ‘इमोसनल ब्ल्याकमेल’ नगर । फुल जस्ता छोरीहरु र एक बारको सुन्दर जिन्दगी तिमिलाई सुम्पिने श्रीमतीको आँशु लाग्ला ? यी रवि लामिछानेसङ्ग कति छ रहश्यको पोको ? कानूनी निकायले कार्वाही नथालेसम्म अमेरिकी पासपोर्ट र नागरिकताबारे गुपचुप राख्ने,चर्कैसङ्ग कुरा उठेपछि बल्ल surrender गर्ने ! श्रीमती इशाले पोल खोलेपछि मेरो अर्को बिदेशी महिलातर्फबाट पनि बच्चा जन्मेको छ भनेर स्वीकार्ने,२४ बर्षको छोरीको बाउ भएर तीन चार थरी महिला फेर्दै चाख्दै हिड्ने !अनि USA बस्ने छोरीहरुको भरणपोषणको ब्यवस्था यतैबाट मिलाएको छु भन्ने ,रविजी,कति र कुन श्रोतबाट कमाउदै हुनुहुन्छ नेपालमा सबैतिर पुग्ने धन अनि अहिलेसम्म कति तिर्नुभएको छ नेपाल सरकारलाई ट्याक्स ?

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१