ओलीले सम्बोधन गरे लगत्तै कांग्रेसका सांसदहरु उठेर विरोध

ssapana44@gmail.com' jamuna aryal
२२ पुष २०७५, आईतवार १६:५०

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरे लगत्तै नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध जनाएका छन् ।

आफूहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले सम्बोधनका क्रममा नदिएको भन्दै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका हुन् । 
सभामुख कृष्णबहादुर महराले पटक पटक बस्न आग्रह गरे पनि कांग्रेस सांसदहरु उठेर विरोध जनाए । 

प्रश्न गर्न सभामुख महराले कांग्रेसका मिनेन्द्र रिजाललाई समय दिएको भए पनि सम्बोधन नगरी विरोध जनाएपछि सभामुखले प्रश्नोत्तरको समय नै हटाउनु परेको थियो ।

प्रश्नोत्तरको समय हटाउँदै निबृत्तिभरणसम्बन्धी विधेयक पेश गर्न समय दिएलगत्तै कांग्रेस सांसदहरु रोष्ट्रम अगाडि उभिएर विरोध जनाएका थिए । 

कांग्रेस सांसदको विरोधका बाबजुद अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले निबृत्तिभरणसम्बन्धी विधेयक २०७५ र भूक्तानि तथा फस्र्यौट सम्बन्धि प्रतिवेदन पेश गर्नुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०