पेटमा बोसो लागेर हैरान हुनुहुन्छ ? यी १० खानेकुरा खानुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ पुष २०७५, आईतवार ०४:३२

यहाँ यस्ता खानेकुराको सूची दिइएको छ, जसले तपाईको बोसो घटाउन मद्दत गर्छ र शरीर सन्तुलनमा राख्न सहयोग गर्दछ । शरीरलाई तन्दुरुस्त राख्न चाहनुहुन्छ भने आउँदो दिनमा यस्ता खानेकुरालाई आफ्नो किनमेलको सूचीमा अवश्य समावेश गर्नुहोस्।

मौसम
भिटामिन ‘सी’ ले हाम्रो शरीरको पाचन प्रक्रियामा ठूलो सहयोग पु¥याँउछ र बोसो घटाउन पनि सहयोग गर्दछ । देनिक ब्रेकफास्टमा वा खाना खानुभन्दा अघि आधा मौसमात्र खाएमा पनि धेरै खाना खानबाट जोगिन सकिन्छ।

कालो मरिच
कालो मरिचमा हुने पेपराइन भन्ने पदार्थले तपाईको शरीरमा रहने बोसो बनाउने कोष घटाउन सहयोग गर्ने गर्दछ । कालो मरिचले पनि पाचन प्रक्रियामा सहयोग गर्दछ ।

दालचिनी
दालचिनीले रगतमा चिनीको मात्रा कम गर्न पनि सहयोग गर्दछ । चिया वा कफि आदिमा राखेर पनि यसलाई खान सकिन्छ ।

अण्डा
अण्डाको राम्रो पक्ष भनेको यसमा कम क्यालोरी हुन्छ र ७ ग्राम प्रोटिन पनि हुने गर्दछ । त्यसका साथै यसमा अन्य धेरै गुण पनि रहेको हुन्छ । विभिन्न अध्ययनहरुले यो कुरा देखाएको छ कि ब्रेकफास्टमा एउटा अण्डा खाने गर्नाले दिनमा अरु खानेकुरा कम खाने गरिन्छ । यधपि अण्डाको पहेंलो भागमा भने धेरै कोलोस्ट्रोल हुन्छ ।

स्याउ ९लगायत अन्य फलफूल०
यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने फलफूललाई आफ्नो साथी बनाउनुहोस् किनभने यिनीहरुमा धेरै गुण हुने गर्दछ र जिब्रोको स्वादलाई पनि सन्तुष्टि प्रदान गर्दछ । बाहिरी पत्रसँगै खाक्ष्ने स्याउमा धेरै फाइबर र पानी हुन्छ र तपाईको भोकलाई पनि शान्त राख्दछ ।

ग्रीन टि
ग्रीन टिमा हुने फाइटोकेमिकल केटाचिन्सले शरीरको मेटाबोलिज्म स्वस्थ राख्ज सहयोग गर्दछ । तातो ग्रीन टिको सेवन गर्नाले यसबाट थप फाइदा लिन सकिन्छ । अझ त्यसमा मह र कागती राख्नाले चियालाई थप स्वादिष्ट बनाँउछ ।

नीलो बयर
इदि तपाई नीलो बयरलाई प्यान केक वा अन्य केकमा राखेर खाँदै हुनुहुनछ भने तपाई यसको गलत तरिकाले सेवन गर्दै हुनुहुन्छ । यो बयरमा नपग्लने फाइबर, एन्टिअक्सिडेन्ट उच्च मात्रामा हुने, मात्र होइन कि स्वादिलो पनि हुन्छ र आधा कपमा केवल ४० क्यालोरी मात्र हुने गर्दछ ।

बदाम ९एलमोन्ड बदाम०
सबै बदामहरुले बोसो घटाउन मद्दत गर्छ तरपनि एलमोन्डले शरीरको लागि थप स्वस्थकर हुन्छ । यसमा प्रशस्त प्रोटिन, प्राइबर र मुटुलाई फाइदा पु¥याउने तेल हुने गर्दछ ।

तरकारी
यदि तपाई तरकारीको सेवनबिना तौल वा बोसो घटाँउछु भनेर सोच्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ । तरकारी धेरै थरीको पोषण र फाइबरले भरीपूर्ण हुने गर्दछ जसले तपाईको पेट टन्न राख्न सघाउ पु¥याँउछ ।

कफि
हो, संसारको सबैभन्दा बढी खपत हुने पेयपदार्थ पनि यो सूचीमा सामेल छ । अध्ययनका अनुसार कफि ९विशेषतः कपैmन० ले पनि मेटाबोलिज्म चुस्त राख्न सघाउ पु¥याँउछ । तर यो त्यस्तो अवस्थामा हुन्छ, जब तपाई कफिमा केही अरु चीजजस्तै चिनी अथवा क्रिम राख्नुहुन्न । त यो कुरा पनि याद राख्नुहाृेस् कि अत्यधिक कफि सेवन पनि स्वस्थ्यबद्र्घक मानिँदैन । तसर्थ कफि दिनको १–३ कपमा सीमित राख्नुहोस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१