व्यावसायिक फुटबलका उत्कृष्ट खेलाडीहरु

ssapana44@gmail.com' jamuna aryal
२१ पुष २०७५, शनिबार १०:०६

काठमाडौं – यहाँ केही व्यावसायिक फुटबलका उत्कृष्ट खेलाडीहरुको चर्चा गरिएको छ। 

१. लियोनेल मेस्सी 
धेरै पटक फिफा वर्ष खेलाडीकाके उपाधि जितेका लियोनेल मेस्सी व्यावसायिक फुटबलका उत्कृष्ट खेलाडी हुन्। फुटबल खेल्ने अद्भूत कला भएका यी खेलाडीले अर्जेन्टिनाको प्रतिनिधित्व गर्ने गरेका छन् भने बार्सिलोना क्लबबाट पनि व्यावसायिक फुटबल खेल्दै आएका छन्। 

२. क्रिस्टियानो रोनाल्डो
उत्कृट खेलाडीको सूचीमा छुटाउनै नहुने अर्को नाम हो–क्रिस्टियानो रोनाल्डो। पोर्चुगलका यी खेलाडीले पनि धेरैपटक फिर्फा वर्ष खेलाडीको उपाधि जितिसकेका छन्। फुटबलका विभिन्न कलामा निपूर्ण यी खेलाडीले युभेन्टसबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्। यसअघि उनले म्यानचेस्टर युनाइटेड र रियल मेड्रिडको टोलीमा रहेर खेलेका थिए।

३. लुइस स्वारेज 
उरुग्वेका यी स्ट्राइकर पनि विश्व फुटबलको चर्चित नाम हो। उनी पेनाल्टी बक्सको  कठिन अवस्थामा बललाई जालीश चुमाउन सक्ने र राम्रो फ्रि–किक प्रहार गर्ने खेलाडीमा गनिन्छन्। उनी बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्। 

४. नेयमार
ब्राजिलका यी खेलाडी पनि व्यावसायिक फुटबलको निकै ठूलो नाम हो। उनले मेस्सी र रोनाल्डोको अवस्थाको तुलनामा धेरै गोल गरिसकेका छन्। यो हिसाबमा उनी आगामी दिनमा उनीहरुलाई पनि पछि पार्नसक्ने खेलाडी बन्ने अनुमान गरिएको छ। पीएसजीबाट व्यावसायिक फुटबल खेल्ने यी खेलाडी ब्राजिलको टोलीका कप्तान पनि हुन्। 

५. सर्जियो एग्युरो
अर्जेन्टिनाका महत्वपूर्ण खेलाडी सर्जियो एग्युरो पनि व्यावसायिक फुटबलको महत्वपूर्ण नाम हो। उनले व्यावसायिक फुटबलमा इंगलिस क्लब म्यानचस्टर सिटीबाट खेल्दै आएका छन्।

६. म्यानुअल नोयर
जर्मन गोलकिपर म्यानुअल नोयर विश्व फुटबलका एक उत्कृष्ट गोलकिपर हुन्। सन् २०१४ को विश्वकपमा आफ्नो असाधारण प्रतिभा देखाएका उनले २०१८ को विश्वकपमा भने आशा गरिएअनुसारको प्रदर्शन गर्न सकेका थिएनन्। उनी बार्यन म्युनिखमा आबद्ध छन्।

७. गरेथ बेल
वेल्सका यी खेलाडी पनि व्यावसायिक फुटबलको महत्वपूर्ण नाम हो। उनको गति र क्षमताको कारण पनि उनी व्यावसायिक फुटबलमा अगाडि छन्। उनी स्पेनिस क्लब रियल मेड्रिडबाट खेल्दै आएका छन्। 

८. आन्द्रेस इनिस्टा 
आन्द्रेस इनिस्टा पनि व्यावसायिक फुटबलको चर्चित नाम हो। उनले लामो समय बार्सिलोनामा बिताएका थिए। यो क्रममा निकै चर्चित बनेका उनी अहिले जापानीज क्लब भिसेल कोबेमा छन्। 

९. जाल्टन इब्राहिमोभिक
जाल्टन इब्राहिमोभिक पनि व्यावसायिक फुटबलमा चर्चित नाम हो। अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका स्वीडिस खेलाडी अहिले एलए ग्यालेक्सी क्लबमा आबद्ध छन्।

१०. आर्जेन रोबिन
नेदरल्याण्डका यी खेलाडी पनि व्यावसायिक फुटबलको महत्वपूर्ण खेलाडी हुन्। अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका यी खेलाडी बार्यन म्युनिखमा आबद्ध छन्। उनले सन् २०१४ को विश्वकपमा निकै उत्कृष्ट प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०