१०औँ स‌ंस्करणको फाल्गुनन्द गोल्डकप आजदेखि सुरु हुँदै

ssapana44@gmail.com' jamuna aryal
२१ पुष २०७५, शनिबार १०:०१

पाँचथर – दशौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता पाँचथरको फिदिममा शनिबारदेखि सुरु हुँदैछ ।

शनिबारको उद्घाटन खेलमा झापा–११ ले कर्णसिं सोनाम मेमोरियल क्लब ताप्लेजुङको सामना गर्नेछ । स्थानीय फिदिम माविको खेल मैदानमा यी दुई टोलीको प्रतिस्पर्धा दिउँसो २ः३० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । अघिल्लो संस्करणसम्म फिदिम स्पोर्टिङ क्लबले मात्रै आयोजना गर्दै आएको प्रतियोगिता यस वर्ष भने पाँचथर जिल्ला फुटबल संघसँगको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन हुनेछ ।

पुस ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले आकर्षक ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख पाउनेछ । यस्तै विधागततर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड, उदीयमान खेलाडी र प्रत्येक खेलको म्यान अफ् द म्याचलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । बेस्ट कोच र सर्वाधिक गोलकर्ताले नगद १५ हजार रुपैयाँ पाउनेछन्  ।प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउनेछन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१