सफल होला पर्यटन वर्ष २०२० ?

ssapana44@gmail.com' jamuna aryal
१७ पुष २०७५, मंगलवार ११:४२

काठमाण्डौँ । ‘हामी नेपालीको भावना, पर्यटक हाम्रा पाहुना’ भन्ने नाराका साथ सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित पर्यटन वर्ष मनाउने घोषणा सरकारले गरिसकेको छ । सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने सरकारी तयारी छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले समेत विदेशी पर्यटकको आगमन बढेको र सन् २०२० मा लक्ष्य अनुसार पर्यटक भित्रिने अभिव्यक्ति पटक–पटक दिँदै आएका छन् । तर केही व्यवसायीका कारण सरकारले लिएको उक्त लक्ष्यमा अवरोध आउनसक्ने देखिन्छ । व्यवसायीहरूको बदमासीका कारण पर्यटकमा नाकारात्मक असर पर्ने खतरा सरकारी प्रतिवेदनले नै औंल्याएको छ ।

पदयात्रा तथा पर्वतारोहणमा जाने विदेशी पर्यटकलाई नियोजित रूपमा बिरामी बनाएर उद्धारका नाममा ठगी गर्ने गरेको उजुरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परेपछि मन्त्रालयले अनुसन्धान गरेको थियो ।

मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदनले ट्रेकिङ एजेन्सी, ट्राभल एजेन्सी र रेस्क्यु कम्पनीको मिलेमतोमा विदेशी पर्यटक माथि खेलबाड भइरहेको देखाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०