ठोरीलाई कृषि र पर्यटनमा आत्मनिर्भर बनाउन महोत्सव

ssapana44@gmail.com' jamuna aryal
१४ पुष २०७५, शनिबार १५:११

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भको संगमस्थल हो पर्साको ठोरी ।

ठोरी प्रदेश २ कै एक मात्र प्राकृतिक धरोहर पनि हो । यति मात्रै होइन, देशकै मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज नाकाको विकल्पमा पनि ठोरी स्थापित हुँदै गइरहेको छ ।

ठोरीलाई कृषि र पर्यटनमा आत्मनिर्भर बनाउँदै त्यसको सम्बद्धनका लागि भन्दै शुक्रबारबाट पहिलो ठोरी महोत्सव सुरु भएको छ ।

‘कृषि, पर्यटन र व्यापारबाट समृद्धिको खाका कोरी, पुस १३ देखि २३ सम्म जाऔँ है ठोरी’ भन्ने मुख्य नाराका साथ सुरु भएको महोत्सवमा कृषि प्रदर्शनी, हस्तकलाका सामाग्रीहरु, स्थानीय परिकारका खाना नास्ताका स्टलका साथै बैँक तथा वित्तीय संस्था, अटोमोबाइल, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामाग्री, गार्मेन्ट, जुत्ता तथा चप्पल, निर्माण सामाग्रीलगायतका स्टलहरु छन् । 

विशेषगरी कृषि र पर्यटन प्रवर्दनलाई मध्यनजर गर्दै महोत्वस आयोजना गरिएको आयोजक कपुरबोट मिडिया प्रालिका अध्यक्ष संतोष देउजाले जानकारी दिनुभयो । 
‘ऐतिहासिक, धार्मिक, सांस्कृतिक, जातीय विविधता र प्राकृतिक सौन्दर्यताको हिसाबले ठोरी रमणीय गन्तब्य हो’, देउजाले भन्नुभयो, ‘यसको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेकाले देशैभर ठोरीका बारेमा जानकारी दिन महोत्सव आयोजना गरिएको हो ।’ 

महोत्सव अवलोकनका साथै स्थानीय कृषि सामाग्रीको खरिदका लागि स्थानीय दर्शक तथा पर्यटकको सुरुकै दिनबाट भीड लाग्न थालेको देउजाले बताउनुभयो । ठोरीको रमणीय क्षेत्र अवलोकनका लागि विशेषगरी भारतीय पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । अग्रेजी नयाँ वर्षका दिन मात्रै हजारौँको सख्यामा भारतीयहरु घुम्न आउने गर्छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१