जाडोमा हरियो प्याज खानुका १० आचर्य जनक फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०७५, शुक्रबार ०५:१७

एजेन्सी । काठमाडौं लगायत देशका विभिन्‍न भागमा विस्तारै विस्तारै जाडो बढ्दै गएको छ। जाडोको मौसममा शरीरको हेरचाह कसरी गर्ने भन्‍ने बारेमा धेरैले सोचिरहेका हुन्छन्। जोडो मौसममा के खाँदा उपयुक्त हुन्छ भनेर मानिसहरुले जाडोको खानाहरु खोजिरहेका हुन्छन्। जाडोमा हरियो प्याज एकदमै फाइदाजनक चीज हो। यसले हाम्रो शरीरलाई धेरै नै पाइदा पुर्याइरहेको हुन्छ।

सय ग्राम हरियो प्याजमा ३२ ग्राम क्यालोरी रहेको हुन्छ। जसले आफ्नो तौल घटाउन चाहन्छ उसको लागि हरियो प्याज खानु निक्कै फाइदाजनक छ। यसले मानिसको शरीरमा रहेको कोलेस्ट्रोलको मात्रा पनि कम गर्ने गर्दछ।

हरियो प्याजका १० फाइदाहरु यस प्रकार छन्:

१. हरियो प्याजले मोटो शरीरको तौल पातलो बनाउँछ।

२. मुटुको रोग हुनबाट बचाउँछ र कोलेस्ट्रोलको मात्रा घटाउँछ।

३. यसमा भिटामिन सी को मात्रा धेरै हुने भएकाले कमजोरी हटाउँछ र भरपूर शक्ति प्रदान गर्दछ।

४.हरियो प्याजमा फाइबरको मात्रा धेरै हुने भएकाले पाचनप्रणालीमा सुधार ल्याउँछ।

५. हरियो प्याजमा सल्फरको मात्रा कम हुने भएकाले यसले मानिसको ब्ल्डप्रेशरलाई कम गर्दछ।

६. यसले ब्ल्ड सुगर लेभललाई कन्ट्रोल गर्ने भएकाले डायबेटीजको बिरामीलाई निक्कै फाइदा पुर्‍याउँछ।

७. यसमा एन्टी ब्याक्टेरियल गुण भएकाले यसले रुघाखोकी तथा टाउँको दुखेकोलाई सन्चो बनाउँछ।

८. यसमा पेक्टिन नामक तत्व पाइन्छ जसले क्यान्सर हुनबाट बचाउँछ।

९. यसमा एन्टी इन्फ्लेमेटरीको गुण भएकाले यसले अर्थराइटिस हुनबाट जोगाउँछ।

१०. हरियो प्याजमा भिटामिन ए समेत रहेको हुँदा यसले आँखाको ज्योति बढाउनुका साथै रतन्धो हुनबाट पनि जोगाउँछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१