अस्थायी शिक्षकको शैक्षिक हडताल, प्रदेश २ का सामुदायिक विद्यालयको पठनपाठन ठप्प

ssapana44@gmail.com' jamuna aryal
१२ पुष २०७५, बिहीबार ११:२०

सप्तरी – अस्थायी शिक्षकलाई विस्थापित गर्न लागेको भन्दै नेपाल शिक्षक महासंघले आह्वान गरेको दुई दिने शैक्षिक हड्तालका कारण दोस्रो दिन पनि सप्तरीलगायत प्रदेश २ का सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।

अस्थायी शिक्षकको माँग प्रति एक्यबद्धता जनाउँदै महासंघको आह्वानमा प्रदेश २ मा बुधबार र बिहीबार दुई दिने शैक्षिक हडताल कार्यक्रमको घोषणा गरिएको हो । 

हडतालको पहिलो दिन जिल्लाका सम्पूर्ण ४ सय २८ सामुदायिक विद्यालयको पठन पाठन ठप्प हुँदा एक लाख २५ हजार बढी विद्यार्थीको पढाइ प्रभावित भएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०