३० वर्ष काटेका पुरुषमा यस्ता ६ रोगको जोखिम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० पुष २०७५, मंगलवार ०४:०२

एजेन्सी । पहिला डाक्टरहरुले ४० वर्ष कटेपछि पुरुषहरुलाई आफ्नो स्वास्थ्यमा ध्यान दिन आग्रह गर्थे । तर अहिलेको हाम्रो जीवनशैली र खानपानका कारण अब ३० बर्ष पार गरेलगत्तै स्वास्थ्यसँग सम्बन्धित खतरा बढ्ने गरेको छ । डाक्टरहरुका अनुसार ३० काटेपछि पुरुषमा यस्ता ६ वटा गम्भीर समस्याहरु देखिन सक्छन्।

१) ३० काटेपछि पुरुषहरुको मसल्समा लचीलोपन आउँछ र मसल्स दुखाइ बढ्छ ।
२) ३० वर्ष पूरा गरेपछि पुरुषहरुमा क्याल्सियमको कमी हुन थाल्छ । जसका कारण हड्डी कमजोर हुने गर्छ ।

३) ३० वर्षपछि पुरुषहरुमा पाचन शक्तिमा पनि समस्या आउँछ । जसले गर्दा पेट बढ्दै जान्छ र अरु रोगहरु निम्त्याउन यसले मद्दत गर्छ ।
४) ३० वर्ष काटेपछि मोटोपना बढ्ने हुँदा शरीरमा कोलस्ट्रोल बढ्छ । जसले गर्दा मुटु रोगको खतरा बढ्दै जान्छ ।

५) ३० वर्ष पूरा गरेपछि पुरुषमा इन्सुलिनको सन्तुलन बिग्रिएर मधुमेह अर्थात डायवेटिज हुने संभावना हुन्छ ।
६) ३० वर्षपछि पुरुषको शरीरमा हर्मोनको कमी हुन थाल्छ । यसले फर्टिलिटीमा पनि असर गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१