पौडेलले शिक्षालाई निःशुल्क बनाउनुपर्नेमा जोड

ssapana44@gmail.com' jamuna aryal
९ पुष २०७५, सोमबार १७:१४

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षालाई निःशुल्क बनाउनुपर्नेमा जोड दिएका छन् । तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सवको आइतबार उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले राज्यले बालबालिकालाई निुशल्क र गुणस्तरीय शिक्षा दिनुपर्ने बताए ।

पैसा तिरेरमात्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकिने भन्दै नेता पौडेलले शिक्षा प्रणालीमा आमूल सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। अहिलेको आवश्यकता रोजगारीमूलक शिक्षा भएको भन्दै नेता पौडेलले सरकारले प्राविधिक शिक्षालाई विशेष जोड दिनुपर्ने धारणा व्यक्त गरे।

सत्यवती माध्यमिक विद्यालय नेपालमै उत्कृष्ट विद्यालयका रुपमा परिचित हुन सफल भएको चर्चा गर्दै पौडेलले सरकारले हरेक विद्यालयलाई सत्यवती जस्तै बनाउनुपर्ने धारणा व्यक्त गरे ।    फरक प्रसङ्गमा नेता पौडेलले दुई तिहाइ बहुमत प्राप्त सरकारलाई काम गर्न कुनै अप्ठ्यारो नभए पनि देश प्रगतिको बाटोमा हिँड्न नसकेको आरोप लगाए । नेपालमा भ्रष्ट प्रवृत्ति मौलाएको आरोप लगाउँदै नेता पौडेलले भएका विकासका कामसमेत गुणस्तरहीन भएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१