सन्दिप लामिछानेको उत्कृष्ट बलिङ: मेलबोर्न पराजित

ssapana44@gmail.com' jamuna aryal
९ पुष २०७५, सोमबार १७:०८

काठमाडौं। सन्दिप लामिछानेको उत्कृष्ट बलिङको प्रदर्शन जारी रहेको छ। अष्ट्रेलियाको बिग बास लिग क्रिकेटमा मेलबोर्न स्टार्सका लागि खेलिरहेका सन्दिपले आफ्नो दोस्रो केलमा ४ ओभरमा २४ रन खर्चेर तीन विकेट लिएका छन्। 

मेलबर्नबाट खेल्दै सन्दिपले पहिलो खेलमा २ विकेट लिएका थिए। उनले प्रतियोगितामा २ खेलमा कुल पाँच विेकट लिईसकेका छन्। 

सन्दिपको उत्कृष्ट बलिङले पनि मेलबर्नलाई जीत दिलाउन सकेको छैन्। दोस्रो खेलमा मेलबर्न होबार्ट हरिकेन्ससँग ६ विकेटले पराजित भएको छ। 

टस हारेर पहिले ब्याटीङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ५ विेकटको क्षतीमा १ सय ५५ रन बनाएको थियो। उसका लागि कप्तान ग्लेन म्याक्सवेलले ४७ रन बनाएका थिए भने निक लार्किनले ४५ रनको योगदान दिएका थिए। 

जवाफमा ब्याटीङ गर्न ओर्लेको होबर्टले १५६ रनको लक्ष्य १८.४ बलमा ४ विकेटको नोक्सानीमा भेट्टाएको थियो। होबर्टका कप्तान म्याथ्यु वेडले ५२ रन बनाएका थिए भने डार्सी सर्टले ३४ रनको योगदान गरेका थिए। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१