सन्दीप बिग बास क्रिकेट लिगमा पाइला टेक्दै, आज पहिलो खेल खेल्दै

ssapana44@gmail.com' jamuna aryal
६ पुष २०७५, शुक्रबार १२:३८

काठमाडौं । नेपाली युवा सेलिब्रिटी खेलाडी सन्दीप लामिछानेले शुक्रबारबाट अष्ट्रेलियाको चर्चित बिग बास क्रिकेट लिगमा पाइला टेक्दैछन् । अन्य व्यवसायीक लिगहरु निकै चर्चित बनेका सन्दीपले अष्ट्रेलियाको चर्चित लिगमा पनि शानदार खेल्ने अपेक्षा धेरेको छ ।

सन्दीपको टिम मेलबर्न स्टार्सले बिग बास लिग क्रिकेटमा आज पहिलो खेल खेल्दैछ ।

सन्दीपको टिम मेलबर्न स्टार्सले क्यानबेरामा आज सिड्नी थन्डरविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । मेलबर्न र सिड्नीबीचको खेल नेपाली समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ ।

आफ्नो टिमको पहिलो खेलमा नै सन्दीपले डेब्यु गर्ने सम्भावना निकै रहेको छ । मेलबर्नको विदेशी खेलाडीमा वेष्ट इन्डिजका ड्यान ब्राभोसँगै नेपालका सन्दीप लामिछाने मात्रै रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१