imsrkfinal1

निर्वाचन प्रक्रिया अघि बढाउन दश विद्यार्थी संगठनको अपिल

आइतवार, फाल्गुन १, २०७३ मा प्रकाशित

काठमाडौँ । विभिन्न दल सम्बद्ध दश विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयलाई पूर्वनिर्धारित समयतालिका अनुसार निर्वाचन प्रक्रिया अघि बढाउन अपिल गरेका छन्। शनिबार बसेको विद्यार्थी संगठनको संयुक्त बैठकले त्रिविले फागुन १४ गते घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएकै मितिमा..

राजधानीका क्याम्पस प्रमुखहरूनै असुरक्षित

शुक्रबार, माघ २८, २०७३ मा प्रकाशित

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयअन्तर्गत राजधानीका क्याम्पस प्रमुखहरूले आफूहरू असुरक्षित रहेको गुनासो गरेका छन् । लिखित र मौखिक रूपमा धम्की आएको भन्दै क्याम्पस प्रमुखहरूले स्ववियु चुनावको वातावरण बनाउनसमेत आग्रह गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ । त्रिविले १४ फागुनमा स्ववियु चुनावको..

काठमाडौँ विश्वविद्यालय १७ दिनदेखि ठप्प

बुधबार, माघ २६, २०७३ मा प्रकाशित

काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले विगत १७ दिनदेखि ठप्प रहेको पढाइ सुचारुको माग गरेका छन् । विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्सतर्फका एक सयभन्दा बढी विद्यार्थीले लामो समयदेखि गरिएको तालाबन्दीका कारण आफूहरुको पढाइमा असर परेको भन्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्..

अमेरिका जाने विद्यार्थीको संख्या ह्वात्तै घट्यो

सोमवार, माघ २४, २०७३ मा प्रकाशित

काठमाडौं । महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हाशिल गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। राष्ट्रपति ट्रम्पले आप्रवासी सम्बन्धी कठोर नीति लिएका कारण विद्यार्थीमा अमेरिका..

नेपालको जनसङ्ख्यालाई चाहिनेभन्दा वार्षिक सात हजार बढी स्टाफ नर्स उत्पादन

शनिबार, माघ १५, २०७३ मा प्रकाशित

काठमाडौँ  । नेपालको जनसङ्ख्यालाई चाहिनेभन्दा वार्षिक सात हजार बढी स्टाफ नर्स उत्पादन हुने गरेका छन्। उत्पादन भएका नर्सको व्यवस्थापन गर्न नसक्दा स्वयम्सेवक ‘भोलेन्टियर’, रोजगारी र पेसागत सुरक्षालगायतका विभिन्न समस्या देखिँदै आएको गुनासो बढेको छ। “वार्षिक रुपमा ११७ नर्सिङ कलेजबाट सात हजार ६१० जना..

‘पोस्ट ग्रयाजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी’ (२०७२) को परीक्षाको परीक्षाफल प्रकाशित

सोमवार, माघ १०, २०७३ मा प्रकाशित

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत भदौमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ ‘पोस्ट ग्रयाजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी’ (२०७२) को परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ । नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार पनि..

स्ववियु चुनावका लागि विद्यार्थी ताते, त्रिवि भयो सुस्त

आइतवार, माघ ९, २०७३ मा प्रकाशित

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव घोषणा गरेसंँगै विद्यार्थी संगठनहरू चुनाव आफ्नो पक्षमा पार्न कस्सिएका छन्। तीन ठूला विद्यार्थी संगठन चुनावको रणनीतिसहित काममा जुट्न थाले पनि त्रिवि भने प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिको प्रतिक्रिया पर्खेर बसेको छ। यो खबर हामीले आजको..

एसएलसी हटेपछि चैत ३ देखि माध्यमिक शिक्षा परीक्षा हुँदै (तालिकासहित)

शुक्रबार, पुस २९, २०७३ मा प्रकाशित

काठमाडौं । ९ओएनएस० स् एसएलसी परीक्षा हटेपछि यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षा हुँदैछ । आगामीे चैत ३ गते बिहिबारदेखि हुने परीक्षाको तालिका सार्वजनिक गरिएको छ । सरकारले शिक्षा ऐनको आठौँ संशोधन गरेपछि १० कक्षामा माध्यमिक शिक्षा परीक्षा हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका प्रदेश कार्यालय..

राजधानीको पद्मकन्या क्याम्पसमा विद्यार्थी संगठनबीच झडप

मङ्लबार, पुस २६, २०७३ मा प्रकाशित

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रचार प्रसारको विषयलाई लिएर राजधानीको पद्मकन्या क्याम्पसमा विद्यार्थी संगठनबीच झडप भएको छ। सोमबार भएको झडपमा दुवै पक्षले आफ्ना विद्यार्थी कुटिएको दाबी गरेका छन्। स्ववियु निर्वाचन प्रचार प्रसार र भित्तेलेखन विषयमा विवाद हुँदा झडप भएको हो। यो खबर..

प्राविधिकतर्फको कक्षा ११ को नतिजा सार्वजनिक

शुक्रबार, पुस २२, २०७३ मा प्रकाशित

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले  प्राविधिकतर्फको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । प्राविधिकतर्फ बोर्डले पहिलोपटक सार्वजनिक गरेको परीक्षाको नतिजामा कुल २१ दशमलव ५३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ  । प्राविधिकतर्फ प्रवेशिका परिक्षा उत्तीर्ण गरेर कक्षा ११ को..

यति हेल्थ साइन्स एकेडेमीका विद्यार्थीहरुको बिदाई तथा सम्मान कार्यक्रम भब्यताको साथ सम्पन्न (फोटो फिचर सहित )

बिहिबार, पुस २१, २०७३ मा प्रकाशित

काठमाडौँ  । यति हेल्थ साइन्स एकेडेमीका  अध्ययनरत विद्यार्थीहरुले स्वागत, बिदाई तथा सम्मान कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ । कार्यक्रममा कलेजको पढाई सकिएकोलाई बिदाई र नया भर्ना भएको विद्यार्थीलाई स्वागत र सम्मान सहित विभिन्न भेषभुषा र सास्कृतिक झल्किने कार्यक्रमहरुको प्रस्तुति रहेको  थियो..

स्ववियु निर्वाचन हुन नसक्ने संकेत देखा पर्दै

बिहिबार, पुस २१, २०७३ मा प्रकाशित

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने संकेत देखिएको छ । सबै विद्यार्थी संगठनहरुसँग छलफल गरी निर्वाचन गर्ने अन्तिम तयारी भइरहेको बेला त्रिभुवन विश्वद्यिालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो बर्षसम्म निर्वाचन नहुने संकेत गर्नुभएको खबर आजको नेपाल..

विद्यार्थीलाई ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फाराम भर्ने तयारीमा त्रिवि

मङ्लबार, पुस १९, २०७३ मा प्रकाशित

काठमाडौं ।  त्रिविले विद्यार्थीलाई ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फाराम भर्ने तयारी गरेको छ । बाहिरका विद्यार्थीलाई ट्रान्सक्रिप्टको फाराम भर्नका लागि काठमाडौँ आउने झन्झट हटाउन अनलाइनबाट नै फाराम भर्ने तयारी गर्न थालिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले जनाएको छ ।  अनलाइनबाट..

पोखरामा पुस महिनाको अन्तिम साता ‘बृहत् शैक्षिक मेला’ हुने

सोमवार, पुस १८, २०७३ मा प्रकाशित

पोखरा । नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली र भविश्यमा अध्ययन गर्ने विषयमा जानकारी दिने उद्देश्यले पुस महिनाको अन्तिम साता पोखरामा ‘बृहत् शैक्षिक मेला’ हुने भएको छ । मेलामा विभिन्न शैक्षिक परामर्शदात्री संस्थाका ५० वटाभन्दा बढी कक्ष सञ्चालन हुने र उक्त कक्षबाट विभिन्न कलेज..

जिल्ला शिक्षा कार्यालय कालिकोट दुईजना कर्मचारीको भरमा चल्दै

सोमवार, पुस १८, २०७३ मा प्रकाशित

काठमाडौँ । जिल्ला शिक्षा कार्यालय कालिकोट दुईजना कर्मचारीको भरमा चलेको छ । सरकार परिवर्तनपछि गरिएको व्यापक सरुवाका कारण जिल्ला शिक्षा कार्यालय खाली भएको हो। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ। अहिले कालिकोटको शिक्षा कार्यालयमा जिल्ला शिक्षा अधिकारी र एकजना विद्यालय निरीक्षक मात्रै नियमित..